चैत्र ७, २०८२ शनिबार | २३:५२:३१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

लिगको नवौं चरण: क्लबलाई खेलाडी जोगाउनै सकस

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेलह सुरु हुँदैछ । नवौं चरणमा पनि उपाधि होडमा रहेका टोलीलाई तीन अंक लिने र रेलिगेसन जोनमा संघर्षरत टोलीलाई त्यहाँबाट उम्किनेमा प्रमुख ध्यान हुनेछ । तर, त्यसबाहेक पनि आफ्ना खेलाडीलाई कसरी कोभिड १९ को संक्रमणबाट जोगाउने भन्ने चुनौती सामने आएको छ ।

हालसम्म च्यासल युथ क्लबका दुई खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने जावलखेल युथ क्लब र न्युरोड टिम एनआरटीका पनि केही खेलाडी ज्वरो र रुघाखोकीबाट ग्रसित छन् ।

च्यासलका प्रशिक्षक आशिख थापामगरले रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीमा कोभिड १९ सं क्रमण पुष्टि भएको जानकारी दिए । 

‘मनाङविरुद्धको खेलपछि पोखराबाट काठमाडौं फर्खने क्रममा कमल श्रेष्ठले स्वास्थमा केही असहज भएको बताएपछि उनको पिसिआर परीक्षण गरिएको थियो । उनलाई संक्रमण पुष्टि भयो । हिजो गोलकिपर प्रदिप भण्डारीको पिसिआर गरिएको थियो । उनमा पनि कोभिड १९ संक्रमण पुष्टी भएको छ । अन्य खेलाडीमा भने कुनै संक्रमण देखिएको छैन । प्रशिक्षण नियमित भैरहेको छ । ’

च्यासलले गर या मरको अवस्थामा रहेको खेलमा आइतबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

‘हामी रेलिगेशनको खतरामा छौं। पुलिसविरुद्ध पराजित भयौं भने हामी रेलिगेशनको प्रमुख दाबेदार हुनेछौं, आशिखले भने ।
 

खेलाडी अस्वस्थ भएपछि जावलाखेल युथ क्लबको पनि प्रशिक्षण प्रभावित बनेको छ । जावालाखेलका प्रशिक्षक किशोरकुमार केसीले आफ्ना ९ खेलाडी अस्वस्थताका कारण प्रशिक्षणमा सहभागी नभएको बताए ।

'आज नौ खेलाडी प्रशिक्षणमा सहभागी भएनन् । सबै ज्वरो र रुघाखोकीबाट पीडित भएका छन्,' केसीले भने, ‘आज जम्मा १४ खेलाडी प्रशिक्षणमा सहभागी भए । अवस्था कठिन छ । तर केही खेलाडी टोलीमा फर्कने क्रम पनि जारी छ ।’

जावालखेल नवौ चरणमा एनआरटीको समना गर्दैैछ ।

त्यस्तै मछिन्द्र नवौं चरणमा पनि शीर्ष स्थान कायम राख्ने लक्ष्यमा छ भने मनाङ मछिन्द्रमाथिको दबाब कायम राख्न चाहन्छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले ब्रिगेड ब्वाइजविरुद्ध पनि जितका साथ शीर्ष स्थानमा बस्न चाहेको बताए ।

‘नवौ चरणमा पनि हामी शीर्ष स्थानमा बस्न चाहन्छौं,’ प्रवेशले भने, 'ब्रिगेड ब्वाइज पनि राम्रो टोली हो । हामी आफ्नो लय काय राख्न चाहन्छौं ।'

मनाङले शुक्रबार सातदोबाटो युथ क्लबको सामना गर्दैछ ।

‘हामी जित लय कायम राख्न चाहन्छौं,’ मनाङका प्रशिक्षक तोपे फुजाले भने, ‘सातदोबाटो युथ क्लब नयाँ टोली भए पनि उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । हामी उनीहरुलाई कमजोर टोलीको रूपमा लिँदैनौं ।'

तालिकाको अन्तिम स्थानमा रहेको फ्रेन्डस भने त्रिभुवन आर्मी क्लबविरुद्ध तीन अंक जोड्दै रेलिगेसन क्षेत्रबाट माथि उठ्न चाहन्छ ।

‘आर्मी राम्रो छ ।  हामीलाई जसरी पनि जित्नै पर्नै दबाब छ,' फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भने, 'गत साता मछिन्रसँग जस्तो जुझारु प्रदर्शन गरेका थियौं । आमीविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छौं। हामीलाई रेलिगेसनबाट बच्न अब पाँच मध्ये दुई खेल जित्ने पर्नेछ ।'

आर्मी भने फ्रेन्डसमाथि सहज जितसहित शीर्ष तीनको दाबेदारी कायम राख्न चाहन्छ । 

‘हामीले शीर्ष तीनको लक्ष्य राखेका छौ,’आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने, 'त्यसैले हामी फ्रेन्ड्समाथि सहज जितसहित त्यो दाबेदारी कायम राख्न चाहन्छौ ।'


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो