माघ १५, २०८२ बिहीबार | ००:२१:२५
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

लिगको नवौं चरण: क्लबलाई खेलाडी जोगाउनै सकस

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेलह सुरु हुँदैछ । नवौं चरणमा पनि उपाधि होडमा रहेका टोलीलाई तीन अंक लिने र रेलिगेसन जोनमा संघर्षरत टोलीलाई त्यहाँबाट उम्किनेमा प्रमुख ध्यान हुनेछ । तर, त्यसबाहेक पनि आफ्ना खेलाडीलाई कसरी कोभिड १९ को संक्रमणबाट जोगाउने भन्ने चुनौती सामने आएको छ ।

हालसम्म च्यासल युथ क्लबका दुई खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने जावलखेल युथ क्लब र न्युरोड टिम एनआरटीका पनि केही खेलाडी ज्वरो र रुघाखोकीबाट ग्रसित छन् ।

च्यासलका प्रशिक्षक आशिख थापामगरले रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीमा कोभिड १९ सं क्रमण पुष्टि भएको जानकारी दिए । 

‘मनाङविरुद्धको खेलपछि पोखराबाट काठमाडौं फर्खने क्रममा कमल श्रेष्ठले स्वास्थमा केही असहज भएको बताएपछि उनको पिसिआर परीक्षण गरिएको थियो । उनलाई संक्रमण पुष्टि भयो । हिजो गोलकिपर प्रदिप भण्डारीको पिसिआर गरिएको थियो । उनमा पनि कोभिड १९ संक्रमण पुष्टी भएको छ । अन्य खेलाडीमा भने कुनै संक्रमण देखिएको छैन । प्रशिक्षण नियमित भैरहेको छ । ’

च्यासलले गर या मरको अवस्थामा रहेको खेलमा आइतबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

‘हामी रेलिगेशनको खतरामा छौं। पुलिसविरुद्ध पराजित भयौं भने हामी रेलिगेशनको प्रमुख दाबेदार हुनेछौं, आशिखले भने ।
 

खेलाडी अस्वस्थ भएपछि जावलाखेल युथ क्लबको पनि प्रशिक्षण प्रभावित बनेको छ । जावालाखेलका प्रशिक्षक किशोरकुमार केसीले आफ्ना ९ खेलाडी अस्वस्थताका कारण प्रशिक्षणमा सहभागी नभएको बताए ।

'आज नौ खेलाडी प्रशिक्षणमा सहभागी भएनन् । सबै ज्वरो र रुघाखोकीबाट पीडित भएका छन्,' केसीले भने, ‘आज जम्मा १४ खेलाडी प्रशिक्षणमा सहभागी भए । अवस्था कठिन छ । तर केही खेलाडी टोलीमा फर्कने क्रम पनि जारी छ ।’

जावालखेल नवौ चरणमा एनआरटीको समना गर्दैैछ ।

त्यस्तै मछिन्द्र नवौं चरणमा पनि शीर्ष स्थान कायम राख्ने लक्ष्यमा छ भने मनाङ मछिन्द्रमाथिको दबाब कायम राख्न चाहन्छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले ब्रिगेड ब्वाइजविरुद्ध पनि जितका साथ शीर्ष स्थानमा बस्न चाहेको बताए ।

‘नवौ चरणमा पनि हामी शीर्ष स्थानमा बस्न चाहन्छौं,’ प्रवेशले भने, 'ब्रिगेड ब्वाइज पनि राम्रो टोली हो । हामी आफ्नो लय काय राख्न चाहन्छौं ।'

मनाङले शुक्रबार सातदोबाटो युथ क्लबको सामना गर्दैछ ।

‘हामी जित लय कायम राख्न चाहन्छौं,’ मनाङका प्रशिक्षक तोपे फुजाले भने, ‘सातदोबाटो युथ क्लब नयाँ टोली भए पनि उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । हामी उनीहरुलाई कमजोर टोलीको रूपमा लिँदैनौं ।'

तालिकाको अन्तिम स्थानमा रहेको फ्रेन्डस भने त्रिभुवन आर्मी क्लबविरुद्ध तीन अंक जोड्दै रेलिगेसन क्षेत्रबाट माथि उठ्न चाहन्छ ।

‘आर्मी राम्रो छ ।  हामीलाई जसरी पनि जित्नै पर्नै दबाब छ,' फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भने, 'गत साता मछिन्रसँग जस्तो जुझारु प्रदर्शन गरेका थियौं । आमीविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छौं। हामीलाई रेलिगेसनबाट बच्न अब पाँच मध्ये दुई खेल जित्ने पर्नेछ ।'

आर्मी भने फ्रेन्डसमाथि सहज जितसहित शीर्ष तीनको दाबेदारी कायम राख्न चाहन्छ । 

‘हामीले शीर्ष तीनको लक्ष्य राखेका छौ,’आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने, 'त्यसैले हामी फ्रेन्ड्समाथि सहज जितसहित त्यो दाबेदारी कायम राख्न चाहन्छौ ।'


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।