काठमाडौं । मिलन राईको ह्याट्रिकप्रेरित एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले अंकतालिकाको पुछारमा रहेको नव जनजागृति युवा क्लबविरुद्ध ६-१ को फराकिलो जित हसिल गरेको छ ।
चर्च ब्वाइजको जितमा फेरि एकपटक अबायोमी फाकुन्ले र मिलन राई केन्द्रविन्दुमा रहे । अघिल्लो खेलमा चर्च ब्वाइजले जावलाखेल युवा क्लबलाई ३-० ले हराएको थियो । जतिबेला फाकुन्लेले दुई तथा मिलन राईले एक गोल गरेका थिए । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा फाकुन्ले फेरि दुई गोल आफ्नो नाममा लेखाए । मिलनले त ह्याट्रिक नै गरे । एक गोल कप्तान एरिक विष्टको नाममा रह्यो ।
जितसँगै चर्च ब्वाइज पाँच खेलमा १० अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लियो । नव जनजागृतिको यो लगातार पाँचौं हार हो ।
लिगमा शुक्रबार र शनिबार कुनै पनि खेल हुनेछैनन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
