काठमाडौं । एक गोलले पछि परेको स्थिति उल्टाउँदै शीर्ष स्थानको आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा पूनरागमन जित निकालेको छ । शनिबार राति टोलीले एफसी बर्नामाउथलाई ३–२ ले हरायो ।
आर्सनको जितमा डिक्लेन राइसले दुई गोल गर्दा गाब्रियल मागाल्हाएसले एक गोल फर्काएका हुन् । बर्नामाउथको लागि इभानिल्सन र क्रोउपीले समान एक गरेका हुन् ।
२०औं खेलमा १५औं जितपछि आर्सनलले ४८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एष्टन भिल्ला भन्दा आर्सनल ६ अंकले अगाडी छ । समान खेलबाट भिल्लाको ४२ अंक छ । तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ४१ अंक रह्यो । पराजित बर्नामाउथ २३ अंकसहित १५औं स्थानमा छ ।
१२ हजार समर्थक उपस्थित भिटालिटी मैदानमा दशौं मिनेटमै घरेलु टोलीले अग्रता बनायो । इभानिल्सनले गोल गरेका थिए । तर, ६ मिनेटपछि नै गाब्रियलले खेल बराबरीमा ल्याएका हुन् ।
पहिलो हाफ १–१ को बराबरीमा सकिँदा दोस्रो हाफमा आर्सनलले लगातार दुई गोल गर्दै अग्रता लिएका थियो । राइसले ५४औं र ७१औं मिनेटमा गोल गरेका थिए । १९ वर्षीय इली जुनियर क्रोउपीले ७९औं मिनेटमा गोल गर्दै अग्रता ३–२ मा पुर्याएका थिए । तर, घरेलु टोलीले बाँकी समयमा गोल गर्न नसक्दा तीन अंक गुमाउन पुगेको थियो ।
