काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडविरुद्ध सात अंकको दूरी बढाएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले छिमेकी प्रतिद्वन्दी स्पान्योललाई २–० ले हरायो । भ्रमणकारी बार्सिलोनाको जितमा ड्यानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले समान एक गोल गरेका थिए ।
लिगमा १९ मध्ये बार्सिलोनाले १६औं जित निकालेको छ । दुई खेलमा पराजित भएको बार्सिलोनाले ४९ अंक जोड्यो । एक खेल कम खेलेको रियालले ४२ अंक जोडेको छ । तेस्रो स्थानको भिल्लारियालको ३८ अंक छ । बार्सिलोनासँग पराजित स्पान्योल ३३ अंकसहित पाँचौं स्थानमा रह्यो ।
३६ हजार समर्थक उपस्थित स्पान्योलको घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । ह्यान्सी प्mिलकको टोलीले अन्तिम चार मिनेटमा दुई गोल गोल गर्दै तीन अंक जोेड्यो ।
ओल्मोले ८६औं मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले फर्मिन लोपेजको पास सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । उनकै पासमा लेवान्डोस्कीले अन्तिम मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
एक खेल कम खेलेको रियालले आज राति नै रियाल बेटिसको सामना गर्नेछ ।
