काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कार्यवहाक कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाको सेथु एफसीले भारतीय महिला लिगमा तेस्रो जित निकालेको छ । खेलमा अञ्जिलाले ‘क्लिन सिट’ समेत राखेकी छिन् ।
शुक्रबार कोलकत्तामा भएको खेलमा सेथुले सेसा फुटबल एकेडेमीलाई ५–० ले हरायो । उसको जितमा मार्टिना, काभिया, बबिना, लिन्डा र रुचीले समान एक गोल गरेका थिए । पहिलो हाफमा तीन गोल गरेको सेथुले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।
तेस्रो जितपछि टोलीले पाँँच खेल खेल्दा १० अंक जोडेको छ ।
यसअघि सेथुले पहिलो खेलमा किकस्टार्सलाई २–१ तथा चौथो खेलमा नीता फुटबल एकेडेमीलाई ४–२ ले हराएको थियो । तेस्रो खेलमा गोकुलम केरेलासँग १–१ को बराबरी खेल्दै अंक बाढेको हो । यसअघि दोस्रो खेलमा इष्ट बंगालसँग टोली १–० ले पराजित भएको थियो ।
सेथुको लागि मार्टिनाले खेलको २४औं मिनेटमा पहिलो अग्रता बनाइन् । काभियाले बक्स भित्रबाट सहज गोल गर्दै २७ मिनेटमै २–० ले टिमलाई बढाइन् । बबिनाले आठ मिनेटपछि नै गोल गर्दा पहिलो हाफमा सेथुले तीन गोल गर्न सफल भएको हो ।
दोस्रो हाफमा पनि सेथुले दबाब बनाइराख्यो । ६५औं मिनेटमा लिन्डाले चौथो गोल गरिन् । रुचीले खेल सकिन आठ मिनेटअघि पाचौँ गोल गरेकी हुन् ।
