काठमाडौं । अफ्रिका कप अफ नेसन्स कपको प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार रातिका खेलसँगै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुग्ने १६ देशकै टुगो लाग्यो ।
समूह ‘ए’ बाट आयोजन मोरक्को ७ अंकसहित विजेता बन्दा माली तीन अंक हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । यो समूहबाट जाम्बिया अगाडी बढ्न सकेन ।
समूह ‘बी’ बाट इजिप्ट ७ अंक र दक्षिण अफ्रिका ६ अंकसहित अघिल्लो चरणमा स्थान बनाएका हुन् । बलियो जाम्बिया भने समूह चरणमै रोकियो ।
समूह ‘सी’ मा नाजेरिया अपराजित रहँदै विजेता बन्यो । नाइजेरियाले ९ अंक जोड्दा दोस्रो बनेको ट्युनिसियाले मात्र ४ अंक जोडेको थियो ।
समूह ‘डी’ बाट भने चार टोली अन्तिम १६ मा स्थान बनाउन सफल भए । सेनेगल र डिआर कंगोको सामान ७ अंक भएपनि सेनेगल शीर्ष स्थानमा रह्यो । ३ अंक जोडेको बेनिन पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।
समूह ‘इ’ बाट पनि तीन देश अर्काे चरणमा प्रवेश गरे । अल्जेरिया र बुर्किना फासो सहित सुडान अगाडि बढेका छन् । अल्जेरिायले तीन वटै खेल जित्यो । बुर्किना फासोले ६ अंक तथा सुडानले मात्र ३ अंक जोडेको थियो ।
समूह ‘एफ’ बाट पनि तीन देशहरु आइभरी कोष्ट, क्यामरुन र मोजाम्बिक अर्काे चरणमा प्रवेश गरेका छन् । मोजाम्बिक, बेनिन, सुडान र तान्जेनिया वरियताको आधारमा नकआउट चरणमा स्थान बनाएका हुन् ।
अब, क्वार्टरफाइनलमा पुग्न माली र ट्युनिसिया, सेनेगल र सुडान, इजिप्ट र बेनिन, आइभरी कोष्ट र बुर्किना फासो, दक्षिण अफ्रिका र क्यामरुन, मोरक्को र तान्जेनिया, अल्जेरिया र डिआर कंगो तथा नाइजेरिया र मोजाम्बिक प्रतिस्पर्धा गर्नेछन् ।
