पुस १७, २०८२ शुक्रबार | ०६:३५:०५
सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा

एनफिल्डमा लिड्सलाई एक अंक

काठमाडौं । भ्रमणकारी टोली लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिगको १९औं चरणमा महारथी क्लब लिभरपुललाई गोलरहित बराबरीमा राकेको छ ।

बिहीबार राति एनफिल्डरमा नयाँ वर्षको पहिलो खेलमै लिड्सले घरेलु टोलीबाट एक अंक खोस्यो । लिभरपुलसँग अंक खोसेपछि लिड्सका म्यानेजर ड्यानियल फार्केले भने, ‘यो एक अंक र क्लिन सिटले धेरै महत्व राख्छ,’ उनले भने, ‘हामी यो सिजन प्रिमियर लिग खेल्दैछौं । लिभरपुल भने च्याम्पियन हो ।’

गत सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्स यसपटक रेलिगेशन क्षेत्रबाट उम्किएको छ । तर, उसलाई ढुक्क हुने अवस्था अझै छैन । टोली प्रिमियर लिगमा बढुवा हुुँदा ४६ खेलमा सर्वाधिक एक सय अंक जोडेन सफल भएको थियो ।

प्रिमियर लिगमा १९ खेल खेलेको लिड्ससँग मात्र २१ अंक छ । टोली १६औं स्थानमा छ । लिड्समुनी नटिंघम फोरेष्ट, वेष्टहम युनाइटेड, वर्नली र उल्भ्स रहेका छन् ।

यता, साविकको च्याम्पियन लिभरपुलको लागि पनि यो सिजन सोचेको जस्तो हुन सकेको छैन । ३३ अंकसहित टोली चौथो स्थानमा छ । टोली यसपटक शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुनै संघर्ष गरिरहेको छ ।

राति नै भएको खेल म्यानचेष्टर सिटीले पनि सन्डरल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । प्रिमियर लिगमा ४५ अंकसहित आर्सनल शीर्ष स्थानमा छ । 
 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC