काठमाडौं । यस सिजन सानदार प्रदर्शन गरिरहेको एष्टन भिल्लाले इङ्लिस प्रिमियर लिगको महारथी क्लब चेल्सीलाई पनि २–१ ले पराजित गरेको छ । एष्टन भिल्लाले कमब्याक जित निकाल्दै तेस्रो स्थान तत्काललाई सुरक्षित गरेको छ ।
शनिबार राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा एष्टन भिल्लालाई जिताउन ओली वाट्किन्सले दुई गोल गरेका थिए । चेल्सीका जोआओ पेड्रोले एक गरेका थिए ।
१८ मध्ये १२ खेल जितेको एष्टन भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको लिभरपुलको मात्र ३२ अंक छ । यो जितले एष्टन भिल्लाको फेरी च्याम्पियन्स लिग खेल्ने योजना बलियो बनेको छ ।
समान खेलबाट ४२ अंकसहित प्रिमियर लिगमा आर्सनल पहिलो स्थानमा छ । म्यानचेष्टर सिटी ४० अंकसहित दोस्रो स्थानमा रह्यो । यता, पराजित चेल्सी २९ अंकसहित पाँचौं स्थानमा छ । यो हारसँगै चेल्सीले लिभरपुलसँग अंक बराबरी गर्ने अवसर गुमायो ।
