माघ २७, २०८२ मंगलबार | १०:१६:२४
बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग !
शनिबारको दिन

उछिनपाछिनमा चलिरहेको इटालियन लिग

काठमाडौं । इटालीको फुटबल फिक्का भयो भन्ने अचेल धेरै छन् । विश्वकपमा लगातार छनोट हुन असफल रहेपछि इटालीको फुटबलमा रौनकता हराएको त हो नै । अझ अबको विश्वकपमा पनि इटाली पुग्ने हो वा होइन, टुंगो छैन । इटाली यसपल्टको विश्वकपमा पनि साझै छनोट हुन असफल रह्यो । इटालीसामु एउटा मौका भने छ, प्लेअफबाट छनोट हुने ।

राष्ट्रिय फुटबल टिमको यो खराब प्रदर्शनमा घरेलु लिग कति जिम्मेवार छ त ? यो अर्को प्रश्न भयो । यहाँनिर हामी इटालीको राष्ट्रिय टिमको चर्चा गर्न लागेका होइनौं । बरू इटालीको सिरी ‘ए’मै केन्द्रित हुनेछौं । यस्तो किनभन्दा यसपल्ट लिगमा उपाधिका लागि चर्को भिडन्त हुने निश्चित छ । यस्तोमा सिरी ‘ए’ फुटबल मनपराउने जतिले भनिरहेका छन्, यसपल्ट लिगमा रौनक फर्कने भयो ।

युरोपमा ठूला लिगमध्ये सिरी ‘ए’ अगाडि नै आउँछ । इङ्ल्यान्डको प्रिमियर लिग र स्पेनको ला लिगा अगाडि सिरी ‘ए’ कता हो कता पछाडि परिसक्यो । अब डर हो, कतै यो जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानभन्दा पछाडि जाने त होइन ? सन् ८० र ९० को दशकसम्म पनि यो विश्व फुटबलकै नम्बर एक लिग थियो । यस्तो भन्ने अझै पनि उत्तिकै छन् ।

यसपल्ट सिरी ‘ए’ मा भइरहेको चाहिँ के छ त ? यसपल्टको लिग लगभग भागमा पुग्दा कसैले पनि दाबी गर्न सकिरहेका छैनन् कि उपाधि जित्ने टिम यही हो । यसपल्ट च्याम्पियन हुने टिम इन्टर मिलान पनि हुनसक्छ, होइन भने एसी मिलान । डिफेन्डिङ च्याम्पियन नेपोली झन के कम ? अझ एएस रोमा पनि धेरै पछाडि छैन । हुँदाहुँदा अब लिग उपाधिको होडमा युभेन्टससमेत सम्मिलित भइसकेको छ ।

अहिले लिग अंक तालिका हेर्नुपर्छ, त्यसको शीर्ष पाँचमा नजर लगाउने हो भने एकअर्को टिमबीचको अन्तर लहरै एक–एक अंक मात्र छ । जस्तो कि इन्टर मिलान ३३ अंकसहित पहिलो स्थानमा छ । उसको पछाडि एसी मिलानको ३२ अंक छ । नेपोली ३१ अंकसहित तेस्रोमा भयो । त्यसपछि रोमा ३० र युभेन्टस २९ अंकमा छन् । अब यसले नै भन्छ त लिग रोमाञ्चक छ ।

एक खेलको नतिजाले यो तलमाथिको वरीयता तोडिन पर्याप्त छ । यही त हो, मज्जा । ठूलो तीन लिगकै कुरा गर्ने हो भने इङ्ल्यान्डमा आर्सनल र म्यानचेस्टर सिटी नै हुन्, उपाधिका प्रत्याशी ।

अनि स्पेनमा त पारम्परिक रूपमै बार्सिलोना र रियल मड्रिड मात्रै । इटालीमा यसपल्ट पाँच टिमले उपाधिका लागि आफ्नो बलियो चुनौती पेस गर्दै छन् ।यो सप्ताहन्तको खेल तालिकामा नजर लगाउने हो भने इन्टरले एटलान्टा, मिलानले भेरोना, नेपोलीले क्रेमोन्से, रोमाले जेनुआ, अनि युभेन्ट्सले पिसाको सामना गर्ने छन् । एउटा अनुमान के गर्न सकिन्छ भने सायद यी ठूला टिम जतिले अबको खेल जित्ने छ । 

यो क्रम यस्तै चल्नेछ, जबसम्म यिनै ठूला टिम एक आपसमा भिड्ने छैनन् । यस्ता ठूला खेलले नै हो, लिग उपाधिको होडमा निर्णायक भूमिका खेल्ने । सायद यसले इटालीको राष्ट्रिय फुटबल टिमलाई फाइदा नै गर्छ होला ।