पुस ६, २०८२ सोमबार | ०८:५१:३४
रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम

१० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित

काठमाडौं । १० जनामा सीमित भएर आधा भन्दा बढि समय मैदानमा संघर्ष गरेको भियारियालमाथि आइतबार २–० को जित हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा चिर प्रतिद्धन्द्धी रियाल मड्रिडमाथिको चार अंकको अग्रता पुनस्थापित गरेको छ ।

जितपछि शीर्ष टोली बार्सिलोनाले दोस्रो स्थानको रियालसँग चार अंकको दुरी पुनस्थापित गर्यो । अघिल्लो दिन रियालले सेभियामाथि २–० को जित हासिल गर्दै शीर्ष टोलीसँगको दुरी १ अंकमा झारेको थियो ।

१८ खेलको समाप्तीमा स्पेनिस ला लिगा अंकतालिकामा शीर्ष टोली बार्सिलोनाको खातामा ४६ अंक छ भने रियालले ४२ अंक जोडेको छ ।

रेनाटो भेइगाले ३९औं मिनेटमा रातो कार्ड सामना गरेपछि भियारियालले आधाभन्दा बढि समय १० खेलाडीमा सीमित भएर बार्सिलोनासँग संघर्ष गर्नुपरेको थियो ।

त्यसअघि नै बार्सिलोनाका लागि १२ औं मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाइसकेका थिए । ६३ मिनेटमा फ्रयांक डि योङको पासमा लामिन यमालले अर्को गोल थपेपछि बार्सिलोनाको जित पक्का भयो ।

बार्सिलोनासँग पराजित भएपछि भियारियाल ३५ अंकका साथ चौथो स्थानमै सीमित भएको छ । जवकि आइतबारै रेलिगेसन क्षेत्रको जिरोनामाथि ३–० को जित हासिल गर्दै एट्लेटिको मड्रिड ३७ अंकका साथ तेस्रो स्थानमा उक्लियो ।

जिरोना भ्रमणमा एट्लेटिकोको जितका लागि कोकेले १३औं मिनेटमा खाता खोलेका थिए । त्यसमा कोनोर गालाघरले ३८औं मिनेटमा अर्को गोल थपे भने एन्टोनी ग्रिजमनले इन्ज्युरी समयमा टोलीको तर्फबाट तेस्रो गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अन्य खेलमा इल्चेले रायो भायोकानो तथा रियाल बेटिसले गेटाफेमाथि ४–० को समान अन्तरमा जित हासिल गरेका छन् ।

अल्भारो रोडरिग्वेजले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेपछि इल्चेको जित सहज बनेको थियो । रोडरिग्वेजको पासमा हेक्टर फोर्टले छैटौं मिनेटमा अग्रता दिलाएको इल्चेका लागि घरेलु मैदानमा रोड्रिग्वेजले ६७औं मिनेटमा दोसे गोल गरे । रोडरिग्वेजकै पासमा जर्मन भालेराले ७०औं मिनेटमा इल्चेको अग्रता तेब्बर पारे । इन्ज्युरी समयमा मार्टिम नेटोले अर्को गोल थप्दै इल्चेको जित थप प्रभावशाली बनाए ।

उता बेटिसले इइटोरी रुइबालेको दुई गोलमा गेटाफेलाई निराश पार्दा टोलीका तर्फबाट थप गोल पाव्लो फर्नाल र कुचो हर्नान्डेजले गरेका थिए । 
जितपछि बेटिसले २८ अंकका साथ छैटौं स्थानमा पकड बलियो बनायो । सातौं स्थानको सेल्टा भिगोको खातामा २३ अंकमात्र छ । गेटाफे भने २० अंकका साथ ११औं स्थानमा कायम छ । यसैगरी इल्चे २२ अंकका साथ नवौं स्थानमा उक्लिँदा १८ अंकमा सीमित रायो भायोकानो भने १५औं स्थानमा छ 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I