काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी छिमेकी राष्ट्र भारत आइपुगेका छन् । शनिबार विहान उनी कोलकत्ता बिमानस्थलमा अवतरण गरेका हुन् ।
मेसीको साथ इन्टर मियामीका सहकर्मीद्वय लुइस स्वारेज र रोड्रिगो पाउल डि पनि भारत आइपुगेका छन् । मेसी भारतमा तीन दिन बस्नेछन् ।
त्यसक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्तिम दिन भेट्ने कार्यक्रम छ । शनिबार नै बलिउड स्टार शाहरुख खानसँग र आइतबार भारतीय कप्तान सुनिल क्षेत्रीसँग वानखडे रंगशालामा च्यारिटी म्याच खेल्ने कार्यक्रम छ ।
१४ वर्षपछि भारत आएका मेसीले कोलकत्तामा रहेको आफ्नो ७० फिट अग्लो मूर्ती भर्चुअल उद्घाटन गर्नेछन् ।
भारत आएका मेसीलाई भेट्न दर्शकहरुले महंगो टिकट खरिद गरेका छन् । हैदरावादको उप्पल मैदानमा उनले फ्यानलाई भ्ेट्नेछन् । उनलाई भेट्न भारतीय २२ सय देखि ८ हजारसम्म टिकटमुल्य तोकिएको छ ।
