आश्विन २८, २०८२ बुधबार | १३:०३:०९
‘मेसी कप’ युथ फुटबल प्रतियोगिता गर्ने लियोनल मेसीको घोषणा कतार र साउदी अरेबिया गरे फिफा विश्वकपमा स्थान सुरक्षित सेनेगल फिफा विश्वकपमा छनोट आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती इङ्ल्यान्ड आगामी विश्वकपकमा छनोट हुने पहिलो युरोपियन टोली आधार कस्दै महिला फुटबल एसियन कप पुग्ने नेपालको चुनौती समाप्त, भियतनामसँग फेरि हार्यो भियतनामविरुद्ध पहिलो हाफमा नेपाल एक गोलले पछाडि भियतनाम र नेपालबीचको खेल ३० मिनेट पर धकेलियो रोहितको शतकीय खेलमा अञ्जनलाई मौका ‘मेसी कप’ युथ फुटबल प्रतियोगिता गर्ने लियोनल मेसीको घोषणा कतार र साउदी अरेबिया गरे फिफा विश्वकपमा स्थान सुरक्षित सेनेगल फिफा विश्वकपमा छनोट आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती इङ्ल्यान्ड आगामी विश्वकपकमा छनोट हुने पहिलो युरोपियन टोली आधार कस्दै महिला फुटबल एसियन कप पुग्ने नेपालको चुनौती समाप्त, भियतनामसँग फेरि हार्यो भियतनामविरुद्ध पहिलो हाफमा नेपाल एक गोलले पछाडि भियतनाम र नेपालबीचको खेल ३० मिनेट पर धकेलियो रोहितको शतकीय खेलमा अञ्जनलाई मौका

इङ्ल्यान्ड आगामी विश्वकपकमा छनोट हुने पहिलो युरोपियन टोली

काठमाडौं । ह्यारी केनको दुई गोलको मद्दतमा मंगलबार लात्भियामाथि सजिलो ५-० को निकाल्दै  इङ्ल्यान्ड आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।

यो जितसँगै ६ खेलमा १८ अंक जोडेको इङ्ल्यान्ड समूह ‘के’ मा शीर्ष स्थानमा रहने निश्चित भएको छ । इङ्ल्यान्ड लगातार आठौंं तथा समग्रमा १८औं पटक विश्वकपमा छनोट भएको हो ।

डोएगाभा रंगशालामा पाहुना टोली इङ्ल्यान्डलाई जित दिलाउन एन्टोनी गोर्डेन र इबेरेची इजीले पनि समान एक गोल थप्दा । अर्को एक गोल भने आत्मघाती रह्यो ।

खेलको २६औं मिनेटमा गोर्डेनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । ४४औं मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा केनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

लात्भियाका रक्षक म्याक्सिम्स टोनिसेभ्सबाट ५८औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा इङ्ल्यान्ड ४० ले अगाडि बढ्यो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा इजीले इङ्ल्यान्डका लागि पाँचौं गोल गरे ।

प्रशिक्षकमा थोमस टुचेल आएयता इङ्ल्यान्डले विश्वकप छनोटका आफ्ना सबै ६ खेल जितेको छ । छनोटमा दुई चरणका खेल बाँकी रहँदा नै इङ्ल्यान्ड विश्वकप पुग्ने निश्चित भएको हो ।

इङ्ल्यान्ड आगामी विश्वकपका लागि छनोट हुने पहिलो युरोपियन तथा समग्रमा २३औं राष्ट्र हो ।

यसअघि अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।

४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगमी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना