माघ ५, २०८२ सोमबार | १३:२०:४७
चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती

फाइल तस्विर ।

काठमाडौं । सन् २०२३ नेभेम्बर ५ सायद नेपाली किक्रेट समर्थकले यो मितिलाई भुलेका छैनन् । किनिकी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल सुपर ओभरमा पराजित भएको थियो । र नेपालको प्रतिद्धन्द्धी थियो ओमान ।

यस खेल अघि नै नेपालले विश्वकपको यात्रा तय गरिसकेकाले यो हारले खासै असर नगरे पनि नेपाली क्रिकेट समर्थकलाई यादगार क्षण भने दियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएको थियो । जवाफमा ओमनले पनि १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा भने २२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १० रन बनाउन सक्यो । 

यो प्रसंग किन गरिएको हो भने, नेपालले बुधबार आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा घरेलु टोली ओमानको समाना गर्दैछ । 

खेल ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । दुई अपराजित टोलीविरुद्धको यो खेल निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

यो खेलले अर्को वर्ष हुने ट्वान्टी-२० विश्वकपमा पुग्ने एउटा टोलीको टुंगो लगाउने छ । त्यसैले लगातार चौथो जित दर्ता गरेको नेपाल ओमानविरुद्ध पनि त्यसलाई कायम राख्दै एक खेल अगावै विश्वकपमा स्थान पक्का गर्न चहान्छ । 

रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपालले समूह चरणमा कुवेत र जापान तथा सुपर सिक्समा युएई र कतारलाई हराएको थियो । 

नेपाललाई सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झाजस्ता खेलाडीको साथ रहनेछ । 

कतारविरुद्धको पछिल्लो खेलमा सन्दीपले पाँच विकेट लिँदा दीपेन्द्रले २६ रन बनाएका थिए । 

यता ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो विजयी यात्रालाई कायम राख्दै विश्वकपका स्थान बनाउने लक्ष्यमा छ । ओमानले समूह चरणमा पपुवा न्योगिनी र सामोआ तथा सुपर सिक्समा  कतार र युएईलाई पराजित गरेको थियो । 

जितेन्द्र सिंहको कप्तानीमा रहेको ओमान नदिम खान, मोहम्मद नदिम, सकिल अहमदजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । 

युएईविरुद्धको पछिल्लो खेलमा खानले अविजित ३० रन बनाएका थिए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच आठ खेल भएका छन् । जसमा नेपाल पाँच र ओमान तीन खेलमा विजयी भएका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate