भाद्र २९, २०८२ सोमबार | २३:३२:३९
साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित

साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो

साफ यु-१७ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालका मिडफिल्डर सुशान थापामगर, तस्विर सौजन्यः एनएसजेएफ ।

काठमाडौं । स्ट्राइकर समीर कुमार चम्किँदा दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालले १० खेलाडीमा समेटिएको श्रीलंकाविरुद्ध २–० को जित हासिल गरेको छ ।

सोमबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्पलेक्स’मा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दुबै गोल समीरले गरे । जितसँगै नेपालले सेमिफाइनल होडमा एक पाइला अगाडि सारेको छ ।

समीरले खेलको ५२औं मिनेटमा नेपाललाई ‘ब्रेक थ्रु’ दिलाएका थिए । लेफ्ट साइडबाट प्रतिश थापामगरको सुन्दर क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेका समीरले हेडरमार्फत गोल गरे । उनको हेडरले पहिलो बारको जाली चुम्दा गोलकिपर शाथिन कथाफीले कुनै पनि प्रतिक्रिया जनाउन सकेनन् ।

इन्जुरी समयमा निश्चल मगरको सुन्दर थ्रु पासमा समीरले व्यक्तिगत दोस्रो गोल गरे । गोलकिपर शाथिन अगाडि बढेको स्थितिमा उनले बललाई पहिलो बारमा ‘प्लेसिङ’ गरेका थिए ।

साफ यु–१७ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालका मिडफिल्डर राम थामी, तस्विर सौजन्यः एनएसजेएफ ।

समीरले दुई सुनौला अवसरलाई खेरा फाल्दा नेपालले पहिलो हाफमा अग्रता लिन सकेन ।

खेलको ३९औं मिनेटमा समीर गोलको निक्कै करिब रहे । सेन्टरब्याक तथा कप्तान प्रशान्त मोक्तानको ‘लङ पास’लाई विपक्षी रक्षक अहमद आमिस वासिमले राम्ररी नियन्त्रण गर्न नसक्दा बल समीरसम्म आइपुगेको थियो । तर, उनको लोअर प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो ।

पहिलो अवसरलगत्तै समीरले अर्को मौका खेरा फाले । मिडफिल्डर सुशन थापामगरले राइट साइडबाट दिएको कटब्याकमा समीरको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ३२औं मिनेटमा नेपाललाई भाग्यको साथ रह्यो । मिडफिल्डर आइरुशा जयाथुंगाको सुन्दर पासमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेको कप्तान इशाक मउफरको हेडर गोल हुन सकेन । इशाकको हेडर नेपाली गोलकिपर रामबहादुर बोहराले नियन्त्रणमा लिन सकेनन् । फुत्किएको बल दोस्रो बारमा ठोक्किएर बाहिरिएको थियो ।

खेलको २७औं मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

समूह ‘ए’ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो दिन मंगलबार समूह ‘बी’का दुई खेल हुनेछन् । पहिलो खेलमा भारतले माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा भुटान र पाकिस्तान भिड्नेछन् ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL