भाद्र १०, २०८२ बुधबार | १०:४७:२९
लुकास भाज्क्वेज लेभरकुसनमा अनुबन्ध साफ यु-१७ च्याम्पियनसिपः उपाधि समीकरणमा टिकिरहन नेपालले बंगलादेशलाई हराउनै पर्ने अन्तरविद्यालय बास्केटबलः बिएनए र जेबी विजयी लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन लुकास भाज्क्वेज लेभरकुसनमा अनुबन्ध साफ यु-१७ च्याम्पियनसिपः उपाधि समीकरणमा टिकिरहन नेपालले बंगलादेशलाई हराउनै पर्ने अन्तरविद्यालय बास्केटबलः बिएनए र जेबी विजयी लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन

साफ यु-१७ च्याम्पियनसिपः उपाधि समीकरणमा टिकिरहन नेपालले बंगलादेशलाई हराउनै पर्ने

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपालले दोस्रो लेगको प्रतिस्पर्धामा बुधबार साबिक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे हुनेछ ।

आइतबार सम्पन्न बंगलादेशसँगको पहिलो लेगमा नेपाल ३-० ले निराश बनेको थियो । त्यसअघि पहिलो खेलमा भारतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि २–१ को पुनरागमन जित हासिल गरेको थियो । पछिल्ला तीन खेलमा भारतले स्पष्ट ९ अंक बटुलेको छ । त्यसैले उपाधि समीकरणमा टिकिरहने हो भने नेपाललाई जितको विकल्प छैन । हारले नेपालको उपाधि सम्भावना सकिनेछ ।

पहिलो लेगमा भारतसँग निराश बनेको बंगलादेश भने नेपाललाई हराएर उपाधि सम्भावनालाई बलियो बनाउन चाहन्छ । नेपालविरुद्ध दुई दिनको आरामपछि मैदानमा उत्रिरहँदा बंगलादेशको लक्ष्य बढीभन्दा बढी गोल गर्ने हुनेछ ।

तुलनात्मक रुपमा बलियो बंगलादेशले खेलको ४१औं मिनेटमा अग्रता लिएको थियो । स्ट्राइकर थुइनुए मार्माले पेनाल्टी बक्सभित्र अनियन्त्रित नेपालको रक्षापङ्क्तिको फाइदा उठाउँदै बललाई टप कर्नरको जाली चुमाईन् । त्यसअघि दुई पटक बंगलादेश गोलको निक्कै करिब आएर पनि अग्रता लिनबाट बञ्चित बनेको थियो ।

गोलको डेडलक तोडिएको चार मिनेटपछि नै बंगलादेशले अग्रतालाई दोब्बर बनायो । निर्धारित हाफको अन्तिम मिनेटमा नेपाली टोली सम्हालिन सकेन । थ्रो इनबाट सृजित स्ट्राइकार अल्पि अक्तरको आक्रमणलाई गोलकिपर लक्ष्मी ओलीले बक्स बाहिर आएर बचाउन कोशिश गरेकी थिइन् । जसमा उनी असफल भइन् । त्यसपछि अर्का स्ट्राइकर सौरभी अकान्दा प्रीतिले खाली पोस्टमा सहज गोल गरिन् ।

दोस्रो अल्पिलाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेकी मिडफिल्डर रेयाले निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा सुन्दर गोल गर्दै बंगलादेशलाई जित दिलाए । रेयाले गोलका लागि प्रहार गर्नुअघि लक्ष्मी र राइट ब्याक ग्यान्सु डोल्मा लोलाई छक्याएकी थिइन् ।

दुई गोलले पछाडि परेको अवस्थामा नेपाल दुई पटक गोलको निक्कै करिब पुगेको थियो । ५५औं मिनेटमा उप–कप्तान सहारा लिम्बूले बक्स भित्रबाट गरेको राइट फुटेड प्रहार गोलपोस्टमा लागेर बाहिरिएको थियो । उनका सेन्ट्रल मिडफिल्ड जोडी रवीना बिकको सुन्दर थ्रु पासमा नेपालले बंगलादेशसामू पहिलो खतरा बुनेको थियो ।

चार मिनेटपछि नेपालले गोलको उपहारलाई खेरा फाल्यो । यसपाली सहाराले ‘वान भर्सेस वान’मा गोलकिपर मोसम्मत येर्जन बेगुमलाई ‘बिट’ गर्न सकिनन् । पहिलो हाफमा स्ट्राकयर यमकुमारी बिकलाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेकी मिडफिल्डर दिकी स्याङबो लामाले सहारालाई सुन्द्यर थ्रु पास मिलाइदिएकी थिइन् । सहाराले पनि बंगलादेशको ‘अफसाइड ट्रयाप’लाई बिट गरेकी थिइन् । तर, अन्तिम टच भारी भएपछि नेपालले पुनः एकपटक गोल फर्काउन सकेन । यो नै गोलका लागि नेपालले बुनेको अन्तिम आक्रमण थियो ।

बंगलादेशविरुद्ध दोस्रो लेगका लागि नेपाली टोलीले मंगलबार अन्तिम प्रशिक्षण सत्र पूरा गरेको थियो । शुक्रबारको खेलका लागि टोली तयार रहेको सेन्ट्रल मिडफिल्डर रवीना (बिक)ले बताइन् ।

‘डिफेन्स लाइनमा हाम्रो कम्युनिकेशन ग्याप देखिएको थियो । जसलाई हामीले भोलिको खेलमा सुधार्नेछौं । हामीले यसअघि गरेका गल्तीहरुलाई सच्याएका छौं,’ रवीनाले भनिन्, ‘पाएको अवसरलाई सदुपयोग गर्ने हो भने जित सम्भव छ ।’

दिनको दोस्रो खेलमा भारतले भुटानको सामना गर्नेछ । पहिलो लेगमा भारतले भुटानलाई ८-० ले हराएको थियो । भारतविरुद्ध हार बेहोरे भुटान उपाधि समीकरणबाट बाहिरिनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP