काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि भिडन्तमा आइतबार फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) र इङ्लिस क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।
संयुक्त राज्य अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।
पिएसजीले सेमफिाइनलमा स्पेनिस महारथी रियाल मड्रिडलाई ४–० ले स्तब्ध पारेको थियो । चेल्सीले फ्लुमिनेजलाई २–० ले हराउँदै उपाधिको नजित पुगेको हो ।
पिएसजी सिजनको पाँचौं उपाधिबाट एक कदम टाढा छ । प्रशिक्षक लुइस एनरिकेका नेतृत्वमा पिएसजीले यो सिजन घरेलु लिग, लिग वान, घरेलु प्रतियोगिता कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
एन्जो मरेस्काको नेतृत्वमा चेल्सी सिजनको दोस्रो उपाधि जित्ने दाउमा हुनेछ । डेढ महिनाअघि चेल्सीले स्पेनिस क्लब रियाल बेटिजलाई ४–१ ले हराउँदै युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।