असार २९, २०८२ आइतबार | १८:४८:३७
सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती

साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै

साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध उत्रिएको नेपाली टोली, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) महिला च्याम्पियनसिपमा आइतबार नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । राजधानी ढाकास्थित बसुन्धरा किङ्स अरिनामा खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुनेछ ।

दुबै टोली दोस्रो जितको लक्ष्यमा हुनेछन् । उद्घाटन खेलमा बंगलादेशले श्रीलंकामाथि ९–१ को फराकिलो जित हासिल गरेको थियो । बंगलादेशको एकतर्फि प्रभुत्वमा ६ खेलाडीले स्कोरसीटमा आफ्नो नाम लेखाउन सफल भएका थिए । सिनियर राष्ट्रिय टोलीको जर्सी लगाइसकेकी फरवार्ड मोसम्मत सागोरिकाले ह्याट्रिक गरेकी थिइन् । नेपाली रक्षापङ्क्तिका लागि सागोरिकाको दबाब टाउको दुखाईको विषय बन्न सक्छ ।

उता नेपालले आफ्नो पहिलो खेलमा भुटानमाथि ६–१ को सहज जित हासिल गरेको थियो । नेपालको जितमा स्ट्राइकर पूर्णिमा राई एक्लैले चार गोल गरेकी थिइन् । त्यस्तै अट्याकिङ मिडफिल्डर सेनु परियारको नाममा दुई गोल रह्यो । अर्की स्ट्राइकर वर्षा ओलीले सुरुआती तीन गोलमा असिस्ट प्रदान गरेकी थिइन् ।

नेपाल र बंगलादेशको खेलअघि श्रीलंका र भुटान एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । बंगलादेश माथिल्लो उमेर समूहको यो प्रतियोगिताको सर्वाधिक सफल टोली हो । प्रतियोगिताले पाँचौं संस्करण पार गर्दा बंगलादेशले चार पटक उपाधि उचालेको छ । नेपालले दुई पटक फाइनल खेलेको छ । दुबैमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH