नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लब र रौटहट जिल्ला फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।
खेल नेपालगञ्ज रंगशालामा दिउँसो ४ः ३० बजे हुनेछ ।
एपिएफ अनिता बस्तनेत तथा रौटहट सलोनी रानामगरको कप्तानीमा मैदान उत्रिनेछन् । एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई ६-० तथा रौटहटले घरेलु टोली बाँके-११ लाई ३-० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेका थिए ।
यो खेलको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछन् । पुलिले पहिलो सेमिफाइनलमा विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ ले निरास बनाएको थियो ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार गर्नेछन् ।
हरेक खेलका प्लेयर अफ द म्याच र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले बताएको छ । खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको युट्युब च्यानल र फेसबुक पेजबाट हुनेछ ।