काठमाडौं । च्याम्प्यिन बनिसकेको पेरिस सेन्ट जर्मन(पिएसजी)ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई ३०औं खेलसम्म पनि कायम राखेको छ ।
पिएसजी मंगलबार सम्पन्न खेलमा घरेलु टोली नान्टेससँग १-१ को बराबरीमा रोकियो । पिएसजीले लगातार सात जितपछि अंक बाँडेको हो ।
यो नतिजासँगै पिएसजीले ३० खेलमा ७८ अंक जोडेको छ । नान्टेस समान खेलबाट ३१ अंकका साथ १४औं स्थानमा छ ।
डे ला ब्युजोइर रंगशालामा पिएसजीका लागि भिटिन्हा र नान्टेसका लागि डोग्लस अगुस्टोले गोल गरे ।
खेलको ३३औं मिनेटमा भिटिन्हाको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । तर ८३औं मिनेटमा अगुस्टोले गोल गर्दै पिएसजीबाट अंक खोसे ।
भिडियो
SABINA CHAUDHARY AND JENIFER RANA MAGAR OF RAUTAHAT DFA TALKING TO KHELADI II LUMBINI CUP
ANITA BASNET AND RENUKA NAGARKOTI OF APF TALKING TO KHELADI II LUMBINI CUP II
POLICE PLAYER SAMIKSHA GHIMIRE BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
POLICE PLAYER SAHARA LIMBU BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY COACH CHAKRA TAMANG BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY PLAYER DEEPA RAI BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
PENALTY SHOOTOUT I TAFC VS NPC I LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL I SEMIFINAL