माघ १८, २०८२ आइतबार | ११:४६:४७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको सहज जित

काठमाडौं । केएल राहुल र अभिषेक पोरेलको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सविरुद्ध आठ विकेटको सहज जित दर्ता गरेको छ ।

जितसँगै आठ खेलमा १२ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । पराजित लखनउ ९ खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ ।

मंगलबार भारत रत्न श्री अटल बिहार भाजपाइ एकान क्रिकेट मैदानमा घरेलु टोली लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

दिल्लीका लागि राहुलले ४२ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरे । यसैगरी पोरेलले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१, कप्तान अक्षर पटेलले अविजित ३४ र करुण नायरले १५ रन बनाए ।

राहुलले दोस्रो विकेटका लागि पारेलसँग ६९ र तेस्रो विकेटका लागि पटेलसँग अविजित ५६ रनको साझेदारी गरेका थिए ।

लखनउका लागि दुवै विकेट एडेन मार्करमले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो।

लखनउका लागि मार्करमले ३३ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ४५, आयुश बदोनीले ३६ र डेविड मिलरले अविजित १४ रन बनाए  ।

पहिलो विकेटका लागि  मार्करम र मार्शले ८७ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि मुकेश कुमारले चार तथा मिचेल स्टार्च र दुस्मन्थ चमिराले समान एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।