चैत्र १६, २०८२ सोमबार | १७:३३:२६
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको सहज जित

काठमाडौं । केएल राहुल र अभिषेक पोरेलको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सविरुद्ध आठ विकेटको सहज जित दर्ता गरेको छ ।

जितसँगै आठ खेलमा १२ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । पराजित लखनउ ९ खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ ।

मंगलबार भारत रत्न श्री अटल बिहार भाजपाइ एकान क्रिकेट मैदानमा घरेलु टोली लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

दिल्लीका लागि राहुलले ४२ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरे । यसैगरी पोरेलले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१, कप्तान अक्षर पटेलले अविजित ३४ र करुण नायरले १५ रन बनाए ।

राहुलले दोस्रो विकेटका लागि पारेलसँग ६९ र तेस्रो विकेटका लागि पटेलसँग अविजित ५६ रनको साझेदारी गरेका थिए ।

लखनउका लागि दुवै विकेट एडेन मार्करमले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो।

लखनउका लागि मार्करमले ३३ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ४५, आयुश बदोनीले ३६ र डेविड मिलरले अविजित १४ रन बनाए  ।

पहिलो विकेटका लागि  मार्करम र मार्शले ८७ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि मुकेश कुमारले चार तथा मिचेल स्टार्च र दुस्मन्थ चमिराले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो