वैशाख १०, २०८२ बुधबार | १४:३२:४५
सात सदस्यीय तेक्वान्दो टोली जापान जाँदै एपिएफलाई राैटहटको चुनौती फाइनल प्रवेशका लागि भिड्दै धनगढी र पोखरा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो पिएसजी अंक दूरी बढाउदै बार्सिलोना म्यानचेस्टर सिटीको रोमाञ्चक जित केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको सहज जित एमएम कप क्रिकेट प्रतियोगिता बैशाख १३ गतेदेखि हुने लखनउले दियो दिल्लीलाई १६० रनको लक्ष्य बराबरीमा रोकिए वीरगञ्ज र झापा सात सदस्यीय तेक्वान्दो टोली जापान जाँदै एपिएफलाई राैटहटको चुनौती फाइनल प्रवेशका लागि भिड्दै धनगढी र पोखरा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो पिएसजी अंक दूरी बढाउदै बार्सिलोना म्यानचेस्टर सिटीको रोमाञ्चक जित केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको सहज जित एमएम कप क्रिकेट प्रतियोगिता बैशाख १३ गतेदेखि हुने लखनउले दियो दिल्लीलाई १६० रनको लक्ष्य बराबरीमा रोकिए वीरगञ्ज र झापा

आर्मीलाई निरास बनाउँदै पुलिस उपाधि नजिक

नेपालगञ्ज । विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६-५ ले निरास बनाउँदै नेपाल पुलिस क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

मंगलबार बाँकेको नेपालगञ्ज रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलको निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउट पनि ४-४ को बराबरी भएपछि खेल सडनडेथमा पुग्यो । तीन पेनाल्टी बचाएकी पुलिसकी गोलकिपर उषा नाथ  खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।

पेनाल्टीमा पुलिसका लागि रेविका पाण्डे, उषा , निरु थापा, सुस्मा तामाङ, अनुस्का शेर्पा र अमृता जैशीले गोल गरे । मोनिका पुलामी मगर र मिना देउवाको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले बचाउँदा समिक्षा घिमिरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

आर्मीको लागि तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, विमला विक र सुखरिया सुख्खुले गोल गरेका थिए । अञ्चली वाइवा, सुनिता चौधरी र इन्दिरा राईको प्रहारमा उषा बाधक बन्दा चन्द्रा भण्डारीको प्रहार बाहिरिएको थियो ।

पुलिसले उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र रौतहट फुटबल संघबीचको विजेतासँग शुक्रबार गते प्रतिस्पर्धा गर्नेछ । एपिएफ र रौतहटको खेल बुधबार हुनेछ ।

खेलको २८औं मिनेटमा मिना देउवाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । अमृता जैसीको फ्रिकिक प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा गोल लाइनबाट मिनाले बललाई सहजै पाेस्टकाे दिशा दिइन्।

तुलसा बोहराले ८०औं मिनेटमा आर्मीलाई बराबरीमा ल्याइन् । वैकल्पिक खेलाडी तुलसाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरिन् । सहारा लिम्बुले ह्यान्ड गरेपछि आर्मीले फ्रिकिक अवसर पाएको थियो ।

आर्मीले सुदूरपश्चिम प्रदेश संघ र पुलिसले भारतको सिलगुढी फुटबल क्लबलाई समान ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।


भिडियो
POLICE PLAYER SAMIKSHA GHIMIRE BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
POLICE PLAYER SAHARA LIMBU BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY COACH CHAKRA TAMANG BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY PLAYER DEEPA RAI BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
PENALTY SHOOTOUT I TAFC VS NPC I LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL I SEMIFINAL
HIGHLIGHTS II TAFC VS NPC II LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL II SEMIFINAL
NPC VS TAFC II POST MATCH CONFERENCE II LUMBINI CUP II FIRST SEMIFINAL II NEPALGUNJ