वैशाख १०, २०८२ बुधबार | १४:२७:४६
सात सदस्यीय तेक्वान्दो टोली जापान जाँदै एपिएफलाई राैटहटको चुनौती फाइनल प्रवेशका लागि भिड्दै धनगढी र पोखरा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो पिएसजी अंक दूरी बढाउदै बार्सिलोना म्यानचेस्टर सिटीको रोमाञ्चक जित केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको सहज जित एमएम कप क्रिकेट प्रतियोगिता बैशाख १३ गतेदेखि हुने लखनउले दियो दिल्लीलाई १६० रनको लक्ष्य बराबरीमा रोकिए वीरगञ्ज र झापा सात सदस्यीय तेक्वान्दो टोली जापान जाँदै एपिएफलाई राैटहटको चुनौती फाइनल प्रवेशका लागि भिड्दै धनगढी र पोखरा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो पिएसजी अंक दूरी बढाउदै बार्सिलोना म्यानचेस्टर सिटीको रोमाञ्चक जित केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको सहज जित एमएम कप क्रिकेट प्रतियोगिता बैशाख १३ गतेदेखि हुने लखनउले दियो दिल्लीलाई १६० रनको लक्ष्य बराबरीमा रोकिए वीरगञ्ज र झापा

यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड

फाइल तस्विर ।

काठमाडौं । स्पेन तथा बार्सिलोनाका युवा मिडफिल्डर लामिन यामलले लाउरेस ‘वर्ल्ड ब्रेकथ्रु प्लेअर अफ द इअर’ अवार्ड जितेका छन् ।

स्पेनको राजधानी मड्रिडमा सोमबार भएको लाउरेस वर्ल्ड स्पोर्टस अवार्ड २०२५ मा उनलाई याे अवार्ड  प्रदान गरिएको हो । यस्तै जिम्न्यास्टिककी सिमोन बेइल्स र एथ्लेटिक्सका मोन्डो डुप्लान्टिस वर्षको उत्कृष्ट खेलाडी घोषित भए ।

अमेरिकाकी बाइल्सले पेरिस ओलम्पिकमा तीन स्वर्ण र एक रजत पदक जितेकी थिइन् । यता स्विडेनका पोलभल्ट खेलाडी डुप्लान्टिसले पेरिस ओलम्पिक र दोस्रो पटक वर्ल्ड इन्डोर च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

 लामिन यामल ।

स्पेनिस क्लब रियाल मड्रिडले ‘वर्ल्ड टिम अफ द इयर’ को अवार्ड जित्यो । स्पेनका महान टेनिस खेलाडी राफेल नाडालले ‘स्पोर्टिङ आइकन अवार्ड’ प्राप्त गरे भने अमेरिकी सर्फर केली स्लाटरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियाे । 

ब्राजिलियन जिम्नास्टिक खेलाडी रेबेका एन्ड्रेडेले ‘कमब्याक अफ द इयर’ तथा बेलायती माउन्टेन बाइक खेलाडी टम पिडककले ‘वर्ल्ड एक्सन स्पोर्टसपर्सन अफ द इयर’ को अवार्ड पाएका छन् ।

युयान जियाङलाई वर्षको उत्कृष्ट डिजाबिलिटी खेलाडीको अवार्ड प्रदान गरियो ।


भिडियो
POLICE PLAYER SAMIKSHA GHIMIRE BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
POLICE PLAYER SAHARA LIMBU BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY COACH CHAKRA TAMANG BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY PLAYER DEEPA RAI BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
PENALTY SHOOTOUT I TAFC VS NPC I LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL I SEMIFINAL
HIGHLIGHTS II TAFC VS NPC II LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL II SEMIFINAL
NPC VS TAFC II POST MATCH CONFERENCE II LUMBINI CUP II FIRST SEMIFINAL II NEPALGUNJ