चैत्र ९, २०८२ सोमबार | ०२:३२:२४
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

अभिभावक संस्थाको ढिलासुस्तीले खेलाडी र क्लब मारमा

काठमाडौं । खेलाडीको अभिभावक भनेको उसको खेल संघ हो । नेपाली फुटबलको हकमा खेलाडीलाई मार पर्दा उसले गुहार्ने अन्तिम विकल्प हो, अखिल नेपाल फुटबल संघ (एन्फा) ।

निर्णयमा ढिलासुस्ती गर्ने एन्फाको पूरानो बानी हो । अनि खेलाडीको समस्या समाधानका कुरा त कागजी कुरा भइहाले । व्यवहारमा आशा गर्नु नै मूर्खतापूर्ण भइसक्यो । पछिल्लो समय दशरथ रंगशालामा नेपाल सुपर लिग तथा सातदोबाटोमा सहिद स्मारक ‘बी’ डिभिजन लिग चलिरहँदा यस्तै अर्को एउटा घटना भएको छ ।

डिभिजन फुटबलमा क्लबहरुको आन्तरिक द्धन्द्ध र गुटबन्दीले व्यावसायिक खेलाडी चपेटामा परेका उदाहरण धेरै छन् ।

यही वर्ष जेठमा सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिगमा एन्फाको अनुशासन समितिले आपसी राजनीतिक इबी साध्न आरसी ३२ को ६ अंक खोसेको थियो । दुई क्लबसँग भिन्नाभिन्नै सम्झौता गरेको भन्दै आरसीका फरवार्ड बबिन बोहरा र रक्षक सुमनबहादुर मगरलाई गरेको कारबाही सेलाउन नपाउँदै नेपाली फुटबलमा अर्को मुद्धा थपिएको छ ।

एन्फा मुख्यालय मैदानमा चलिरहेको ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लबका फरवार्ड धिरेन्द्रबहादुर शाहलाई लिग खेल्न रोक लगाइँदा क्लबमा संकट आइपरेको छ । एन्फाले सहभागी क्लबमध्येको एक नयाँबस्तीको उजुरीउपर एक साताअघि सरस्वतीका अध्यक्ष उत्तमराज भण्डारीलाई पत्र पठाउँदै टुसाल युवा क्लबमा अनुबन्ध भएको भन्दै धिरेन्द्रलाई ‘अर्को निर्णय नआउँदासम्म’का लागि खेल्न रोक लगाएको छ ।

फागुन २८ गते पहिलो खेलमा बाँसबारी क्लबलाई २–१ ले पराजित गरेको सरस्वतीले चैत्र ७ गते दोस्रो खेलमा नयाँबस्ती युवा क्लबमाथि १–० को झिनो जित हासिल गरेको थियो । खेलपछि नयाँबस्तीका टिम म्यानेजर विकास राईलेसरस्वतीभन्दा अगाडि धिरेन्द्रले टुसाल युवा क्लबमा सम्झौता गरिसकेको भन्दै उजुरी गरे ।

छानविनमा धिरेन्द्रले विभिन्न मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको देखियो । यही कारण उनी पछिल्ला दुई चरणयता मैदान बाहिर सीमित भएका छन् ।

आफ्ना प्रमुख खेलाडीको अनुपस्थितिमा सरस्वतीको मनोबल फरक देखियो । मैदानमा फुर्तिला अरु खेलाडीको प्रदर्शन पनि एकाएक कमजोर हुन पुग्यो । यही कारण त्यसपछिका दुई खेलमा सरस्वतीले अप्रत्याशित हार बेहोर्दा धिरेन्द्रको मानसिक अवस्था थप नाजुक बन्दै गएको छ ।

एन्फाको प्रतियोगिता नियमावली बलियो नभएकै कारण लिगको ‘कम्पिटिसन कमिटी’लाई निर्णय लिन गाह्रो भइरहेको बताइन्छ । यही कारण लिगको समितीले यो विवादको समाधान गर्ने जिम्मा अनुसासन समितिलाई दिएको छ । तर, दुई साता बितिसक्दा पनि अनुशासन समितिले समयको अनुशासन पालना नगरि अवस्थालाई अनिर्णित छोड्दा खेलाडीको मिहिनेत खेर गइरहेको छ ।

खासमा यो लिग दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने थियो । तर, एन्फा र क्लबबीचको आन्तरिक द्धन्द्धका कारण लिग दुई वर्ष पर धकेलिएको हो । एन्फाले यसबीच गत २०७९ सालको चैत्र २९ गते हुने गरि दोस्रो मिति तोकेको थियो । यही लिगका लागि धिरेन्द्रलाई टुसालले अनुबन्ध गरेको थियो ।

तर, लिगका लागि क्लबहरुले गरेको हप्तौंको तयारी र लाखौंको लगानी खेर गयो । एन्फाको आन्तरिक द्धन्द्धका कारण लिग नहुने भयो । यही लिग बल्लतल्ल तीन वर्षपछि भइरहेको छ । धिरेन्द्रले गत फागुन २५ बाट सुरु भएको लिगमा अब सरस्वतीबाट खेल्ने योजना बनाए । अनि माघ महिनाको २५ गते लिग अवधिभरका लागि सरस्वतीसँग नयाँ सम्झौता गरे ।

नयाँबस्तीले टुसालसँग सम्झौता हूँदाहुँदै अर्को क्लबमा अनुबन्ध गरेको भन्दै एन्फा सचिवालयमा उजुरी हालेको हो । नयाँबस्तीले एन्फासामू रिलीज पत्र नै नलिई सरस्वतीसँग नयाँ सम्झौता गरेका कारण धिरेन्द्रको उपस्थिति गलत रहेको भन्दै उजुरी दिएको थियो । एन्फा यही विषयलाई लिएर अहिले अन्योलमा छ ।

टुसालको सम्झौता पत्रमा भनिएको छ, ‘२०८० सम्म सञ्चालन हुने लिगमा खेलाडी क्लबका खेलमा सहभागी हुनुपर्नेछ ।’ यो शर्त अनुसार टुसालसँग धिरेन्द्रको सम्झौताअवधि एक वर्षअघि नै सकिइसकेको छ ।

‘पछिल्लो लिगमा टुसालले खेलाडीको नाम दर्ता गर्दा धिरेन्द्रको नाम समावेश छैन । अहिले आएर पूरानो सम्झौता पत्र देखाएर हुन्छ ?,’ सरस्वतीका अध्यक्ष भण्डारी भन्छन्, ‘हामीले यसपाली ‘फिफा कनेक्ट’मा खेलाडीको नाम दर्ता गराएका छौं । हामी प्रक्रियागत ढंगबाट अगाडि बढिरहेका थियौं । खेलाडीको सम्झौता पत्र अहिले पनि दराजमा लुकेको छ भन्ने दृव्यदृष्टि हामीलाई कहाँ हुन्छ र ?’

उता सम्झौता लिग नहुँदासम्म कायम हुने तर्क गर्दै नयाँबस्ती एन्फाको निर्णय कुरेर बसेको छ ।

‘दुई साता भइसक्यो हामीले सचिवालयमा उजुरी दिएको । हामीले धिरेन्द्रको सम्झौता जारी लिगसम्म पनि कायम रहने बुझेका छौं,’ क्लबका व्यवस्थापक विकास राई भन्छन्, ‘खेलाडीलाई मार पार्ने मनसाय हाम्रो छैन । हामी खेलाडीको हितका लागि लागेका हौं । हामी एन्फाको निर्णय कुरिरहेका छौं । हामी एन्फाबाट मात्र तीन अंक चाहन्छौं ।’

फिफा कनेक्टको प्रणाली एन्फाले यही लिगबाट सुरु गरेको हो । जहाँ धिरेन्द्रलाई स्वयम एन्फाले फिफा कनेक्टमा सरस्वतीको खेलाडी भनेर दर्ता गरेको छ । २०७९ मा हुने भनिएको लिगमा यो प्रणाली उल्लेखित थिएन ।

एन्फा यसबारे के भन्छ ?

प्रतियोगिता निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘एन्फा जहिल्यै खेल र खेलाडीको पक्षमा हुन्छ । यसबारे एन्फा सचेत छ । हामी चाँडोभन्दा चाँडो यो समस्या सुल्झाउँछौं । यसअघि क्लबहरुको बैठकमा पहिलो सम्झौता लिग नसकुन्जेल लागु हुने कुरा भएको थियो । त्यसैले तत्कालै निर्णय लिन सकिने कुरा रहन्न । अनुसासन समिती छिट्टै आफ्नो निर्णयमा पुग्छ ।’

एउटा क्लबबाट अर्को क्लबमा जाँदा खेलाडीलाई रिलीज पत्र आवश्यक रहन्छ । तर, धिरेन्द्रले भने रिलीज पत्र प्राप्त गरेका छैनन् । सरस्वतीका अध्यक्ष भण्डारी टुसालमाथि धिरेन्द्रलाई रिलीज पत्र नदिएको आरोप लगाउँछन् ।

‘धीरेन्द्रले रिलीज पत्र माग गरेको थियो । तर, पटक पटक टेलिफोनमा संवाद गर्दा पनि टुसालबाट धिरेन्द्रले रिलीज पत्र पाएनन्,’ भण्डारीको तर्क छ, ‘सम्झौताको म्याद नै सकिएपछि रिलीज पत्रको अर्थ रहन्न । फेरि धिरेन्द्रले सम्झौताअनुसारको पहिलो २० प्रतिशत किस्ता पनि पाएका छैनन् । त्यसैले त्यो सम्झौता स्वतः खारेज हुन्छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो