चैत्र १८, २०८२ बुधबार | १०:१५:४७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नाइजेरियाका अल्हाजी गेरोले झापाबाट खेल्ने

काठमाडौं । नेपाल सुपर लिग फ्रेन्चाइजी झापा एफसीले नाइजेरियाका स्ट्राइकर अल्हाजी गेरोलाई भित्र्याएको छ ।

गेरोलाई झापाले एनएसएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो । गेरोले स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजन लिग खेलेका छन् ।

गेरोले स्विडेनको ओस्टरसुन्ड एफकेबाट युइएफए युरोपा लिगको अनुभव लिएका छन् । उनले नाइजेरिको सिनियर टोलीका लागि भने मात्र एक खेलमा मौका पाएका छन् ।

गेराे झापा भित्रिने चौथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले उज्वेकिस्तानका अजमत अब्दुल्लेव र मुहम्मद इसाएभ तथा सर्बियाका लाजर आर्सिकलाई भित्र्याएको थियो ।

लाकेन लिम्बुलाई मार्की खेलाडी बनाएको झापाले छिरिङ लामालाई रिटेन गरेको छ । यस्तै क्लबले प्रशिक्षण जिम्मेवारी प्रवेश कटुवाललाई सुम्पिएको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुँदैछ । झापाले चैत १७ मा बुटवल लुम्बिनी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसपल्ट यी दुइसँगै साबिक विजेता ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, एफसी, पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो