माघ १८, २०८२ आइतबार | १०:३६:१७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

मेचीनगर गोल्डकपः फाइलन प्रवेशका लागि चर्च ब्वाइज र मछिन्द्र भिड्दै

काठमाडौं । मेचीनगर गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार शीर्ष डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

खेल काँकरभिट्टा मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

चर्च ब्वाइजले झापा एफसीलाई सडन डेथमा ५-४ तथा मछिन्द्रले विभागीय टोली नेपाल एपिएफ क्लबलाई १-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।  

पछिल्लो समय चर्च ब्वाइज मोफसलका प्रतियोगितामा व्यस्त छ । मोफसलका प्राय सबै प्रतियोगितामा सहभागिता जनाएको चर्च ब्वाइजले यो सिजन झापा, फाल्गुनन्द र बागमती गोल्डकपको उपाधि जितेको छ । टोली बुधबारमात्रै विराट गोल्डकपको फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

यता मछिन्द्र पनि मोफसलका प्रतियोगितामा व्यस्त छ । मछिन्द्रले पछिल्लो पटक कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि उचालेको थियो । यस्तै टोली केपी ओली कप च्याम्पियसिप फुटबल प्रतियोगिता र इटहरी गोल्डकपको पनि च्याम्पियन  हो ।

यो खेलको विजेताले शनिबार हुने फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । काँकरभिट्टा धरान एफसीलाई सडन डेथमा ५-४ ले पराजित गर्दै उपाधि निजक पुगेको हो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।