चैत्र ९, २०८२ सोमबार | १६:३६:२५
सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल

मड्रिड डर्बीमा रियाल पेनाल्टी सुटआउटमा विजयी

काठमाडौं । सहरी प्रतिद्धन्द्धी एटलेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै रियाल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वार्टरफायनलमा प्रवेश गरेको छ ।

समग्रमा २-२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो । पहिलो लेगम रियाल २-१ र दोस्रो लेगमा एटलेटिको १-० ले विजयी भए ।

बुधबार धरेलु मैदान वान्डामेट्रोपोलिटानोमा सम्पन्न दोस्रो लेगमा कोनर गालाघरेले गरेको एकमात्रै गोल एट्लेटिकोलाई जित दिलाउन पर्याप्त बन्यो । उनले पहिलो मिनेटमै गोल गरेका थिए ।

भिनिसियस जुनियरले ७०औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

पेनाल्टी सुटआउटमा रियालका लागि किलियन एमबाप्पे, जुड बेलिङ्घम, फेडेरिको भाल्भर्डे, लुकास भास्क्वेज र एन्टेनियो रुडिगरले गोल गरे । एटलेटिकोको लागि एलेक्सजेन्डर सर्लोथ र एन्जल कोरियाले गोल गरे । जुलियन अल्भारेज र मार्कस लोरेन्ट भने चुके ।

रियालले क्वार्टरफाइनलमा आर्सनलको सामना गर्नेछ । आर्सनल पिएसभीविरुद्ध ९-३ को सानदार जित निकाल्दै क्वार्टरफाइनल पुगेको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो