चैत्र ८, २०८२ आइतबार | ०९:१३:२०
शीर्ष स्थानमा बार्यन मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती शीर्ष स्थानमा बार्यन मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती

‘बी’ डिभिजन क्लबको एन्फालाई ज्ञापन पत्र

काठमाडौं । सहिद  स्मारक ‘बी’ डिभिजन लिगका क्लबहरूले तीन बुँदे मागसहित अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापन पत्र बुझाएका छन् । 

उनीहरूले यसअघि भएका सहमती कार्यन्वयन हुनपर्ने, खेल तालिका तथा नियमावली संशोधन गर्नुपर्ने मागसहित एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र बुझाएका हुन् ।

‘बी’ डिभिजन का १४ मध्ये १० क्लबले पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा आरसिटी, मध्यपुर युथ एसोसिएसन, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, नयाँ बस्ती युवा क्लब, वीरगन्ज युनाइटेड, टुसाल युथ क्लब, श्री कुमारी क्लब, च्यासल युथ क्लब र ब्वाइज युनियन छन् ।

यसैगरी प्लानिङ ब्वाइज युनाइटेड, श्री भगवती क्लब, झापा फुटबल क्लब र बाँसबारी क्लबले भने हस्ताक्षर गरेका छैनन् ।

यस्ता छन् क्लबहरूको माग 

१. एन्फाले क्लबहरूलाई उपलब्ध गराउने सहमति भएको २ लाख रुपैयाँ लिग सुरु हुनुभन्दा अगावै दिनुपर्ने र २ लाख बराबरको केल्मी ब्राण्डको सामाग्री एन्फाले पाउने छुटमा उपलब्ध गराउने पर्ने ।

२. एन्फाले सार्वजनिक गरेको ‘बि’ डिभिजनको खेल तालिका तीन महिना छ जुन अघिल्लो पटकको भन्दा लगभग दोब्बर हो । यसले एकातिर क्लबको खर्च पनि एक तिहाई बढ्ने छ भने अर्कोतिर खेलाडीको पढाइ, परिक्षा, रोजगारीलगायत विभिन्न खालका समस्या उब्जाउने हुँदा यसमा असहमति पनि आइसकेको छ । त्यसैले हप्तामा दुई खेलका दरले ५० दिनमा लिग सक्नेगरी खेल तालिका मिलाउनु पर्ने ।

३. एन्फाले उपलब्ध गराएको ‘बी’ डिभिजन लीग फुटवल प्रतियोगिता नियमावलीको नियम २२ का ४ वटा बुँदामा यदि कुनै क्लब लिगमा सहभागी नभएमा कारवाही तथा जरिवाना समावेश गरिएकोमायदि एन्फाकोतर्फबाट लिग नभएमा वा रोकिएको खण्डमा क्लबको खर्च भएको रकम उपलब्ध गराइने छ भन्ने बुँदा थपगरी नियमावली संशोधन गर्नुपर्ने ।

यसैगरी क्लबहरूले माग तीन दिन भित्र सम्बोधन हुनपर्ने अन्यथा आफूहरू लिग खेल्न बाध्य नहुने र त्यसको सम्पूर्ण जिम्मेवारी एन्फाले लिनुपर्ने चेतावनी पनि दिएका छन् ।

एन्फा ‘बी’ डिभिजन लिग फागुन २५ बाट गर्ने तयारीमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो