चैत्र १३, २०८२ शुक्रबार | २३:५१:०९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

वेलिंघमलाई रातो कार्ड, रियाल अंक बाढ्न बाध्य

काठमाडौं । स्टार युवा खेलाडी जुड वेलिंघमले रातो कार्ड सामना गरेको खेलमा रियाल मड्रिड १–१ को बराबरीमा रोकिएको छ ।

शनिबार राति स्पेनिस ला लिगामा रियाल ओसासुनासँग १–१ को बराबरी खेल्दा अंक बाढ्न बाध्य भयो । खेलको ३९औं मिनेटमै इङ्लिस अट्याकरले रातो कार्ड बेहोर्न पुगे । रेफ्रीलाई अपमानजनक शब्द प्रयोग गरेपछि रातो कार्ड देखाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि प्रशिक्षाक कार्लाे एन्सोलोटीले पनि पहेँलो कार्ड पाएका थिए । यदपि खेलको १५औं मिनेटमा फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको गोलमा रियालले अग्रता बनाएको थियो । घरेलु टोली ओसासुनाका अन्ट बुडिमिरले ५८औं मिनेटमा पेनाल्टीमा गोल फर्काउँदै हार टारेका हुन् ।

यो बराबरीपछि रियालको अंक दूरी बढाउने योजना असफल भयो । २४ खेलबाट ५१ अंक जोडेको रियाल शीर्ष स्थानमा छ । तर, दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी मात्र एकको छ । एट्लेटिकोको समान खेलबाट ५० अंक छ । 

यता, २३ खेलमात्रै खेलेको बार्सिलोना ४८ अंकसहित तेस्रो स्थानमा छ । सोमबार राति घरेलु मैदानमा हुने रायो भ्यालेकानोसँगको खेल जित्दै बािर्सलोनालाई रियालसँग अंक बराबरी गर्ने अवसर जुरेको छ । बार्सिलोना पछिल्लो ९ खेलमा अपराजित यात्रा कायम राख्दै उच्च लयमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो