चैत्र १८, २०८२ बुधबार | ११:५५:१५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

चितवनको मार्की खेलाडीमा अञ्जन

चितवनसँग सम्झौता गर्दै अञ्जन विष्ट (दायाँ) ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी एफसी चितवनले फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको छ ।

चितवनले शुक्रबार उनलाई मार्की खेलाडीमा नियुक्त गरेको जानकारी दिएको हो। अघिल्लो संस्करणमा चितवनको मार्की खेलाडीमा गोलकिपर विशाल श्रेष्ठलाई थिए ।

गत संस्करण अञ्जन झापा एफसीको मार्की तथा कप्तान थिए । अञ्जनको कप्तानीमा झापाले आठ खेलमा दुई जित र चार बराबरीसहित १० अंक जोड्दै पाँचौं स्थानमा रहेर लिग सक्काएको थियो ।

अञ्जनले चिवनमा अबद्ध हुन पाउँदा खुसी लागेको बताए ।  ‘चितवनमा आवद्द हुन पाउँदा निकै उत्साहित छु । नयाँ चुनौती स्वीकार गर्दै चितवनमा आएको हुँ। यो टोलीको सफलतामा योगदान दिन आतुर छु,’ अञ्जनले भने ।

चितवनले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

एनएसएलकाे तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट चतिवनसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो