चैत्र १२, २०८२ बिहीबार | १९:०६:०१
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने

मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा उपस्थित सिमान्त थापामगर (बायाँ) ।

काठमाडौं । युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको नेतृत्व रक्षक सिमान्त थापाले गर्ने भएका छन् । खेलअघि शुक्रबार आयोजना भएको पत्रकार सम्मेलनमा सिमान्तलाई कप्तानको रूपमा सार्वजनिक गरिएको हो ।

पछिल्लो समय सिमान्तले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसअघि उनले सन् २०२२ मा श्रीलंकामा भएको दक्षिण एसियाली महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा नियमित कप्तान प्रशान्त लक्षम अनुपस्थित हुँदा कप्तानी जिम्मेवारी निर्वाह गरेका थिए ।

एएफसी  यु-२० एसिया कप छनाेटमा चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दै, सिमान्त थापामगर (४ नम्बर जर्सी) । 

सिमान्तले गत वर्ष घरेलु मैदानमै भएको साफ यु-२० च्याम्पियनसिप पनि खेलेका थिए । उनले एएफसी यु-२० कप छनोटमा पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।  

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार दिउँसो २ः३० मा सुरु हुनेछ । यो खेल चीनको नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको हो ।

नेपाली टोली 

गोलकिपरः जियारथ शेख, कृषल मोक्तान, विशाल केसी

रक्षकः सिमान्त थापामगर(कप्तान), सविन घिमिरे, राम थापा, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ

मिडफिल्डरः सरोज दार्लामी, लछ्छु थापा, कृष्ण आले, ओमप्रकाश चौधरी, सविन लुंगेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर

फरवार्डः निराजन धामी, सुजन मगर, निरज कार्की, निरोज चौधरी, श्यरब लो तामाङ, विज्ञान खड्का
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो