चैत्र १४, २०८२ शनिबार | ०५:४४:५०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक

मार्कस लियान्द्रोे ।

काठमाडौं । अल हिलालले साउदी प्रो लिगमा बिहीबार अल फतेहविरुद्ध ९-० को सानदार जित दर्ता गरेको छ ।

जितसँगै १५ खेलमा ४० अंक जोडेको अल हिलाल शीर्षस्थानमा उक्लिएको छ । पराजित अल फतेह समान खेलबाट ६ अंकका साथ पुछारमा छ ।

किंगडम एरिनामा घरेलु टोली घरेलु टोली हिलालाई जित दिलाउन मार्कस लियान्द्रोेले ह्याट्रिक गरे । यसैगरी कालिडो कोउलीबाली, रेनान लोडी, सर्जी मिलान्कोभिच साभिच, अब्दुल्लाह अल हमदाम र मोल्कोमले समान एक गोल थप्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको २०औं मिनेटमा कौउलीबालीको गोलमार्फत अल हिलालले अग्रता लिएको थियो । ३९औं मिनेटमा लोडीले टोलीको अग्रता दोब्बर बनाए ।

अल हिलाल र अल फतेह प्रतिस्पर्धा गर्दै । 

पहिलो हाफको इन्जुरी समयमा लियान्द्रोले पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमै साभिचले गोल गर्दा  हिलाल ४-० ले अगाडि बढ्यो ।

लियान्द्रो ५४ र ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८९औं मिनेटमा हमदामले हिलालका लागि सातौं गोल गरे ।

खेलको इन्जुरी समयमा माल्कोमले गोल गर्दा हिलाल ८-० ले अगाडि बढ्यो । इन्जुरी समयमै फैसल अब्दुलाहबाट आत्मघाती गोल हुन पुग्दा अल हिलालको अग्रता ९-० मा पुग्यो ।

इन्जुरी समयमा जियाद मेहल अल जिरीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि अल फतेह १० खेलाडीमा समेटियो ।

बिहीबारै सम्पन्न अर्को खेलमा अल इत्तिहादले अल रेदविरुद्ध ४-१ को जित दर्ता गर्यो ।


     


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो