माघ १८, २०८२ आइतबार | ११:१२:३४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक

मार्कस लियान्द्रोे ।

काठमाडौं । अल हिलालले साउदी प्रो लिगमा बिहीबार अल फतेहविरुद्ध ९-० को सानदार जित दर्ता गरेको छ ।

जितसँगै १५ खेलमा ४० अंक जोडेको अल हिलाल शीर्षस्थानमा उक्लिएको छ । पराजित अल फतेह समान खेलबाट ६ अंकका साथ पुछारमा छ ।

किंगडम एरिनामा घरेलु टोली घरेलु टोली हिलालाई जित दिलाउन मार्कस लियान्द्रोेले ह्याट्रिक गरे । यसैगरी कालिडो कोउलीबाली, रेनान लोडी, सर्जी मिलान्कोभिच साभिच, अब्दुल्लाह अल हमदाम र मोल्कोमले समान एक गोल थप्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको २०औं मिनेटमा कौउलीबालीको गोलमार्फत अल हिलालले अग्रता लिएको थियो । ३९औं मिनेटमा लोडीले टोलीको अग्रता दोब्बर बनाए ।

अल हिलाल र अल फतेह प्रतिस्पर्धा गर्दै । 

पहिलो हाफको इन्जुरी समयमा लियान्द्रोले पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमै साभिचले गोल गर्दा  हिलाल ४-० ले अगाडि बढ्यो ।

लियान्द्रो ५४ र ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८९औं मिनेटमा हमदामले हिलालका लागि सातौं गोल गरे ।

खेलको इन्जुरी समयमा माल्कोमले गोल गर्दा हिलाल ८-० ले अगाडि बढ्यो । इन्जुरी समयमै फैसल अब्दुलाहबाट आत्मघाती गोल हुन पुग्दा अल हिलालको अग्रता ९-० मा पुग्यो ।

इन्जुरी समयमा जियाद मेहल अल जिरीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि अल फतेह १० खेलाडीमा समेटियो ।

बिहीबारै सम्पन्न अर्को खेलमा अल इत्तिहादले अल रेदविरुद्ध ४-१ को जित दर्ता गर्यो ।


     


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।