चैत्र १७, २०८२ मंगलबार | २०:२३:४२
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

वालिङविरुद्ध आर्मीको एक दर्जन गोल

वालिङविरुद्ध प्रतिस्पर्धा गर्दै चन्द्रा भण्डारी, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुधबार वालिङ नगरपालिकाविरुद्ध १२-० को सानदार जित दिर्ता गरेको छ ।

जितसँगै आर्मीले तीन खेलमा सात अंक जोडेको छ । तीनै खेलमा पराजित वालिङ अकंविहिन छ ।

यो लिगको दोस्रो चरणमा सबैभन्दा फराकिलो अन्तरको जित हो । यसअघि एपिएफले वालिङविरुद्ध नै ९-० को जित निकालेको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन विमला चौधरीले चार, चन्द्रा भण्डारीले तीन, सपना लामा र अञ्जना थुलुङ राईले समान दुई तथा विमला विकले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा चन्द्राको गोलमार्फत आर्मीले अग्रता लिएको थियो दुई मिनेटपछि नै सपनाले टोलीको अग्रता दोब्बर बनाइन् ।

चन्द्राले ३१औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । चार मिनेटपछि नै विमला चौधरीले गोल गर्दा आर्मी अग्रता ४-० मा पुग्यो ।

वालिङविरुद्ध चार गोल गरेकी विमला चौधरी,तस्विरः सरोज सापकोटा /खेलाडी ।

विमला चौधरीले ४८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । ५६औं मिनेटमा अञ्जनाले गोल गर्दा आर्मी ६-० को स्थितीमा पुग्यो ।

विमला चौधरी ६०औं मिनेटमा ह्याट्रिक पूरा गर्दा आर्मी ७० ले अगाडि बढ्यो । नौ मिनेटपछि चन्द्राले ह्याट्रिक पूरा गरिन् ।

अञ्जनाले ७० र सपनाले ७३औं मिनेटमा गोल गर्दा आर्मीको अग्रता १०-० मा पुग्यो । 

विमला चौधरीले ७९औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत चौथो गोल गरिन् । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा विमला विकले गोल गर्दा आर्मीले १२-० को एकतर्फी जित दर्ता गर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो