माघ १६, २०८२ शुक्रबार | १८:२४:५९
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

वालिङविरुद्ध आर्मीको एक दर्जन गोल

वालिङविरुद्ध प्रतिस्पर्धा गर्दै चन्द्रा भण्डारी, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुधबार वालिङ नगरपालिकाविरुद्ध १२-० को सानदार जित दिर्ता गरेको छ ।

जितसँगै आर्मीले तीन खेलमा सात अंक जोडेको छ । तीनै खेलमा पराजित वालिङ अकंविहिन छ ।

यो लिगको दोस्रो चरणमा सबैभन्दा फराकिलो अन्तरको जित हो । यसअघि एपिएफले वालिङविरुद्ध नै ९-० को जित निकालेको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन विमला चौधरीले चार, चन्द्रा भण्डारीले तीन, सपना लामा र अञ्जना थुलुङ राईले समान दुई तथा विमला विकले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा चन्द्राको गोलमार्फत आर्मीले अग्रता लिएको थियो दुई मिनेटपछि नै सपनाले टोलीको अग्रता दोब्बर बनाइन् ।

चन्द्राले ३१औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । चार मिनेटपछि नै विमला चौधरीले गोल गर्दा आर्मी अग्रता ४-० मा पुग्यो ।

वालिङविरुद्ध चार गोल गरेकी विमला चौधरी,तस्विरः सरोज सापकोटा /खेलाडी ।

विमला चौधरीले ४८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । ५६औं मिनेटमा अञ्जनाले गोल गर्दा आर्मी ६-० को स्थितीमा पुग्यो ।

विमला चौधरी ६०औं मिनेटमा ह्याट्रिक पूरा गर्दा आर्मी ७० ले अगाडि बढ्यो । नौ मिनेटपछि चन्द्राले ह्याट्रिक पूरा गरिन् ।

अञ्जनाले ७० र सपनाले ७३औं मिनेटमा गोल गर्दा आर्मीको अग्रता १०-० मा पुग्यो । 

विमला चौधरीले ७९औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत चौथो गोल गरिन् । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा विमला विकले गोल गर्दा आर्मीले १२-० को एकतर्फी जित दर्ता गर्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।