माघ २, २०८२ शुक्रबार | ०७:१२:५०
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित

वालिङविरुद्ध आर्मीलाई गोलको भोक

फाइल तस्विर

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा बुधबार विभागीय टोली त्रिभुवन आर्मीले वालिङ नगरपालिकाको सामना गर्दैछ ।  खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

वालिङविरुद्ध आर्मीलाई गोलको भोक हुनेछ । यस्तो किनभने तीन विभागीय टोलीमध्ये आर्मी सबैभन्दा कम गोल गर्ने टोली हो । आर्मीले पछिल्ला दुई खेलमा मात्र दुई गोल गरेको छ । उपाधिको प्रबल दाबेदार एपिएफले समान खेलमा १४ गोल गरिसकेको छ । अर्को विभागीय टोली नेपाल पुलिसको तीन खेलमा सात गोल छ ।

शीर्ष स्थानमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने हो भने आर्मीले कमजोर टोली मानिएको वालिङविरुद्ध धेरैभन्दा धेरै गोल गर्न आवश्यक छ ।

लिगमा  हालको अवस्थालाई हेर्दा आर्मीले एपिएफलाई निराश पार्ने सम्भावना कम छ । यो कुरा आर्मीलाई पनि राम्रोसँग थाहा छ । त्यसैले आर्मीको लक्ष्य भनेको कम्तिमा पनि पुलिसलाई उछिन्दै दोस्रो स्थानमा आफ्नो पकड बनाउने हुनेछ । यसका लागि आर्मीलाई चाहिने भनेको गोल नै हो । पुलिसले वालिङविरुद्ध ५-० को फराकिलो जित हासिल गरेको छ । यस्तोमा आर्मी वालिङको पोस्टमा कम्तिमा पनि पाँच गोल हान्ने दाउमा अवश्य हुनेछ । सायद योभन्दा पनि बढी ।

लिगको पहिलो चरणमा प्रतिस्पर्धा गर्दै आर्मी र वालिङ, फाइल तस्विर । 

उता जसो तसो गरेर लिगका लागि खेलाडी र आर्थिक रकम जोहो गरिरहेको वालिङको लक्ष्य हुनेछ, कमभन्दा कम गोल खाने । शीर्ष चार स्थानमा रहने टोलीले प्लेअफमा स्थान बनाउने भएकाले वालिङ केही आशावादी देखिएको छ । पुछारमा रहेको वालिङ आफूभन्दा एक स्थानमाथि रहेको बागमतीलाई उछिन्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

वालिङका प्रशिक्षक दीलिप थापा सुरुदेखि यही तर्क गर्दै आएका छन् । उनी भन्छन्,‘विभागीय टोली जस्तो हामी व्यावसायिक छैनौं । हामी जसो तसो गरेर लिग खेलिरहेका छौं । हामीले विभागीय टोलीलाई जित्न सक्छौं भनेर झुट बोल्न आवश्यक छैन । हामी कस्तो टोली हौं सबैलाई थाहा छ ।’

गोलको भोकमा रहेको आर्मीका मुख्य प्रशिक्षक कृष्णसिंह ठगुन्नाले पछिल्ला दुई खेलमा भन्दै आएका छन्, ‘टोलीले म्याच एक्सपोजर पाएको छैन, त्यसैले वास्तविक खेल प्रस्तुत गर्न गाह्रो भइरहेको छ । उनको भनाइ अनुसार पर्याप्त एक्सपोजर नपाएकै कारण टोलीलाई थोरै गाह्रो भएको हो । दुई खेल खेलिसकेपछि आर्मीका खेलाडीले पक्कै पनि एक्सपोजर पाएको अनुमान गर्न सकिन्छ । यसैबाट के पनि आश गर्न सकिन्छ भने आज आर्मीबाट गोलको वर्षा हुनेछ ।

बागमतीविरुद्ध दुई गोल गरेकी विंगर विमला चौधरी र दोस्रो खेलमा पुलिसका रक्षकलाई गाह्रो बनाएकी फरवार्ड चन्द्रा भण्डारीबाट आर्मीलाई बुधबार गोलको आश हुनेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate