माघ १७, २०८२ शनिबार | ०६:०८:०८
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा

पुलिस र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा मंगलबार नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब ३-३ को बराबरीमा रोकिएका छन् ।

यो नतिजासँगै दुई खेलमा चार अंक जोडेको पुलिस दोस्रो स्थानमा छ । हिमालयन शेर्पाकाे समान खेलबाट एक अंक छ ।

पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ७-० ले पराजित गर्दा हिमालयन शेर्पाले मछिन्द्र फुटबल क्लबसँग ५-० को हार बेहोरेको थियो । 
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसका लागि समीर राईले दुई र समीर कुँवरले एक गोल गरे । हिमालयन शेर्पाका लागि सुजन स्याङताङले ह्याट्रिक गरे ।

पुलिस र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

खेलको २७औं मिनेटमा सुजनको गोलमार्फत हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै समीर कुँवरले पुलिसका लागि बराबरी गोल फर्काए ।

सुजनले ४३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पालाई २-१ ले अगाडि बढाए । समीर राइले ४९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा पुलिस २-२ को बराबरीमा आयो ।

सुजनले ७६औं मिनेटमा ह्याट्रिक पूरा गर्दा हिमालयनको अग्रत ३-२ मा पुग्यो । दुई मिनेटपछि नै समीर राईले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पा क्लबाट दुई अंक खोसे ।

मंगलबारै सम्पन्न पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबविरुद्ध १-० को जित निकाल्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।