चैत्र १८, २०८२ बुधबार | ०९:३५:२३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा

पुलिस र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा मंगलबार नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब ३-३ को बराबरीमा रोकिएका छन् ।

यो नतिजासँगै दुई खेलमा चार अंक जोडेको पुलिस दोस्रो स्थानमा छ । हिमालयन शेर्पाकाे समान खेलबाट एक अंक छ ।

पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ७-० ले पराजित गर्दा हिमालयन शेर्पाले मछिन्द्र फुटबल क्लबसँग ५-० को हार बेहोरेको थियो । 
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसका लागि समीर राईले दुई र समीर कुँवरले एक गोल गरे । हिमालयन शेर्पाका लागि सुजन स्याङताङले ह्याट्रिक गरे ।

पुलिस र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

खेलको २७औं मिनेटमा सुजनको गोलमार्फत हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै समीर कुँवरले पुलिसका लागि बराबरी गोल फर्काए ।

सुजनले ४३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पालाई २-१ ले अगाडि बढाए । समीर राइले ४९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा पुलिस २-२ को बराबरीमा आयो ।

सुजनले ७६औं मिनेटमा ह्याट्रिक पूरा गर्दा हिमालयनको अग्रत ३-२ मा पुग्यो । दुई मिनेटपछि नै समीर राईले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पा क्लबाट दुई अंक खोसे ।

मंगलबारै सम्पन्न पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबविरुद्ध १-० को जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो