काठमाडौं। दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईले शनिबार कप्तान किरणकुमार लिम्बु र अन्तरिम प्रशिक्षक नवीन न्यौपानेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै टोलीको बिदाइ गरे ।
टोलीको व्यवस्थापकमा रमेशकुमार कार्की छन् । आइतबार काठमाडौंबाट उडेको टोली सोमबार ताजिकिस्तानको डुसान्बे पुग्ने एन्फाले जनाएको छ।
नेपालल कात्तिक २८ मा घरेलु टोली ताजकिस्तान तथा मंसिर १ मा अफगानिस्तानको सामना गर्नेछ ।
नेपाली टोली
गोलकिपर: किरण चेम्जोङ लिम्बू (कप्तान), दीप कार्की, विशाल सुनार
रक्षक: अभिषेक लिम्बू, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, एञ्जल महर्जन
मिडफिल्डर: रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनीष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
स्ट्राइकर: जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, नीराजन धामी