माघ १७, २०८२ शनिबार | ११:१४:०२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित

कुवेतविरुद्ध शतक प्रहार गरेपछि पूजा महतो, तस्विरः क्यान ।

काठमाडौं । कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित दर्ता गरेको छ ।

जितसँगै नेपाल पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ । यसअघि थाइल्यान्डलाई ६७ र १०६ तथा कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो ।

पाँचौं खेलमा पराजित कुवेत अंकविहिन छ । यसअघि कुवेत युईसँग १०६ र १८४ तथा थाइल्यान्डसँग २० रनले पराजित भएको थियो ।

युएईको द सेभेन रंगशालामा मंगलबार नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै समेटियो । 

कुवेतका लागि जिफा जिलानी ३६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि पूजा महतोले चार ओभरमा एक मेडनसहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिइन्। यसैगरी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई विकेट लिए ।

कुवेतविरुद्ध ब्याटिङ गर्दै पूजा महतो, तस्विरः क्यान ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि पूजा महतोले ६९ बलमा १७ चौकाको मद्दतले अविजित १३० रनको योगदान दिइन् । यसैगरी सोनी पाख्रिनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाए ।

तेस्रो विकेटका लागि पूजा र सोनीले अविजित १५७ रनको साझेदारी गरे । कुवेतका लागि जिफा जिलानी र रिलयन मारिया डी सुजाले समान एक विकेट लिए । 

अब नेपालले अन्तिम खेलमा बुधबार घरेलु टोली युएईको सामना गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।