चैत्र ५, २०८२ बिहीबार | २२:०५:३६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एट्लेटिको नकआउट चरणमा, लिभरपुलको सतप्रतिशत जित यात्रा निरन्तर

मड्रिड । एट्लेटिको मड्रिडले मंगलबार एफसी पोर्टोमाथि ३-१ को सहज जितसहित च्याम्पिन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । 

समूह ‘बी’ बाट यसअघि नै लिभरपुल शीर्ष स्थानमा बस्दै अन्तिम १६ मा प्रवेश गरिसकेको थियो । दोस्रो स्थानमा बस्दै नकआउट चरण प्रवेश गर्न पोर्टो, एसी मिलान र एट्लेटिको प्रतिस्पर्धामा थिए ।

लिभरपुलले ६ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा बस्दा समान खेलमा सात अंक बटुलेको एट्लेटिको दोस्रो स्थानमा बस्दै अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच अंक बटुलेको पोर्टो तेस्रो स्थानमा र चार अंक जोडेको मिलान  चौथो स्थानमा रह्यो ।

५६औं मिनेटमा एन्टोनी ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको११ मिनेटपछि यानिक कारास्को रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एट्लेटिकोले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

७० र ७५औं मिनेटमा क्रमशः विन्डेल र मार्चेसिन पनि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि पोर्टो नौ खेलाडीमा सीमित बन्यो । 

९०औं मिनेटमा एन्जेल कोरियाले एट्लेटिकोको अग्रता दोब्बर पारे । इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगो डी पाउलले एट्लेटिको अग्रता ३-० मा पुर्याएका थिए ।

इन्जुरी समयको छैटौं मिनेटमा सर्जियो ओलिभियराले पेनाल्टीमा पोर्टोका लागि सान्त्वना गोल गरे ।

त्यस्तै लिभरपुलले च्याम्पियन्स लिगको सतप्रतिशत यात्रालाई निरन्तरता दिने क्रममा मिलानलाई २-१ ले हरायो ।

मिलानले २९औं मिनेटमा टोमोरीको गोलमा अग्रता लिँदै नकआउट चरण प्रवेशको सम्भावना जीवित राखे पनि ३६औं मिनेटमा मोहम्मद सलाहा र ५६औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दैै लिभरपुलको जित पक्का गर्दा मिलानको यात्रा समूह चरणमा सीमित बनेको हो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो