माघ १७, २०८२ शनिबार | ०१:५८:२१
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

‘एन्फा एकेडेमीका बालकहरुको मृत्युको कारण व्यवस्थापनको लापरवाही’: गम्भीर छानविन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

गत शनिबार पहिरोमा पुरिएर ज्यान गुमाएका एन्फा एकेडेमीका ६ किशोर खेलाडीलाई श्रद्धाञ्ली अर्ण गरिँदै ।

काठमाडौं । मकवानपुरको सिस्नेरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको एकेडेमीका ६ किशोर खेलाडीको पहिरोमा पुरिएर मृत्यु भएको घटनामा गम्भीर छानवान गर्न संसदीय समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका संसदको पूर्वाधार विकास समितिले ‘व्यवस्थापनको गम्भीर लापरवाहीका कारण ६ जना अबोध बालकले अनाहकमा ज्यान गुमाउनुपरेको’ निश्कर्ष निकाल्दै शुक्रबार सरकारलाई छानविन गर्न निर्देशन दिएको थियो ।

अघिल्लो हप्ता तीन दिनसम्म देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि सयौं नागरिकले ज्यान गुमाएका थिए । यसै क्रममा शनिबार बिहान एकेडेमीको भवनबाट ‘सुरक्षित स्थानतर्फ’ जाने क्रममा ढिस्को खसेर पुरिदा सिस्नेरी एकेडेमीका ६ बालकले ज्यान गुमाएका थिए । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा एन्फाले स्थानीय वत्सलादेवी माविसँगको सहकार्यमा यसै वर्षदेखि एकेडेमी सञ्चालन गरेको थियो ।

फुटबल एकेडेमी सञ्चालनका लागि अस्पताल, सुविधासम्पन्न मैदान, होस्टल, यातायात लगायतका अत्यावश्यक सुविधा नभएको ठाउँमा फगत आन्तरिक राजनीतिक स्वार्थका लागि एकेडेमी लगेको भन्दै एन्फाको आलोचना भइरहेको थियो । यही सन्दर्वमा पहिरोमा पुरिएर ६ बालकको ज्यान गएपछि यो विषयले थप चर्चा पाइरहेको छ । यही कारण विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले समेत नेपालको पूर्व निर्धारित भ्रमण रद्ध गरेका थिए ।

कुलेखानी जलासयमा पानीको सतह बढेर खतरा तह पार गर्ने र उच्च जोखिम हुने भन्दै सतर्कता अपनाउन जारी गरेको सूचनालाई समेत एकेडेमी व्यवस्थापनले बेवास्था गरेर लापरवाही गरेको समितिमा सांसदहरुको तर्क थियो ।

‘देशैभरी अत्याधिक पानी परेर कुलेखानी जलासयमा पानीको सतहले खतराको तह पार गर्ने र उच्च जोखिम हुने भन्दै हाई अलर्ट गराएर सिस्नेरी वरपरका वासिन्दालाई वस्ती सारियो । तर ति विद्यार्थीहरुको बारेमा कसैले चासो दिएन । अझ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एकेडेमीका अध्यक्षले फेसबुकबाट हल्लाका पछि नलाग्न भनेर उर्दी जारी गर्नुभएको भन्ने देखियो,’ समितिको शुक्रबारको बैठकमा सांसद माधव सापकोटाले भने, ‘पछि पनि त्यो ठाउमा अन्यत्रको परिस्थिती के छ नबुझीकन सारियो । जहाँबाट सारियो, त्यो ठाउँ जस्ताको तस्तै छ । तर सिधा बाटो नगएर अर्को बाटो जाँदा ढिस्को आएर पुरिएर मध्यभागमा भएका ६ जना वालक अनाहकमा गए । व्यवस्थापन समितिको गम्भीर लापरवाहीका कारण कलिला वालवालिकाहरुको निधन भएको छ । यो गम्भीर लापरवाही हो, त्यसकारण म सभापतिमार्फत सभामुखसम्म यो कुरा पुगोस र गम्भीर खालको संसदीय छानविन समिति बनोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु । यस घटनाका बारेमा सरकारले गम्भीरतापूर्वक छानविन गरोस । यस्ता खालका लापरवाहीहरुले भविश्यका कर्णधारहरुको अनाहकमा निधन भएको छ । फुल हाउस नचलेकोले समितिमार्फत म यसको गम्भीर छानविनका लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’

समितिमा सांसदहरुले एकेडेमीको सञ्चालन प्रकृया, घटना हुँदाको अवस्थामा गरिएको लापरवाही, सिस्नेरीमा एकेडेमी राख्ने निर्णयलगायतका विषयमा गम्भीर छानवीन गर्नुपर्ने आवाज उठाएका थिए ।

सांसद सापकोटाका अनुसार समितिले शुक्रबारै नेपाल सरकारलाई तत्काल छानविन समिति बनाएरु एक महिनाभित्र सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिइसकेको छ ।

एन्फाको सिस्नेरी एकेडेमीमा २५ जना विद्यार्थी छनोट गरिए पनि आर्थिक तथा राजनीतिक स्वार्थका लागि १५ जना थप गरेर ४० विद्यार्थी राखिएको विषय पनि यही दूर्घटनापछि सार्वजनिक भएको थियो । एन्फाकै कतिपय पदाधिकारीहरुका अनुसार थप १५ जना विद्यार्थी उनीहरुका परिवारबाट पैसा लिएर राखिएको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।