काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एएफसी यु-२० एसियन कप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवाडा, प्रवक्ता सुरेश शाह लगायतको उपस्थिति थियो ।
छनोटको समूह ‘बी’ मा नेपाल, चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन् । यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछन् ।
नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ मा उज्वेकिस्तान र २७ मा बहराइनको सामना गर्नेछ ।
नेपाली टोली
गोलकिपरः जियारथ शेख, क्रिशल मोक्तान, अमित टमाटा
रक्षकः सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सिमान्त थापा, आयुष तिम्सिना, दीपक थापामगर ।
मिडफिल्डरः अभिनाश स्याङताङ, कुशल देउवा, लक्ष्छु थापा, सरोज दर्लामी, प्रशान्त लक्छम
फरवार्डः अनिल बम्जन, धर्वेन्दर कुंवर, धनसिंह विक, निमावाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामी, समीर तामाङ