काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार साफ यु-१७ च्याम्पियनसिप खेल्न भुटान जाने नेपाली टोलीको बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवाडा, प्रवक्ता सुरेश शाह लगायतको उपस्थिति थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिप सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुँदैछ । प्रतियोगिताकाे समूह ‘बी’ मा नेपाल, घरेलु टोली भुटान, श्रीलंका र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन् ।
नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र २५ मा भुटानको सामना गर्नेछ ।
नेपाली टोली
गोलकिपरः पेम्बानुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार
रक्षकः शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराज लावत, भुवन कामी, एकराज विश्वकर्मा
मिडफिल्डरः कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ, सविनकुमार लुंगेली
फरवार्डः रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल