माघ २, २०८१ बुधबार | ०९:५९:५९
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

कोशीविरुद्ध आर्मीको सहज जित

आर्मीको महिला फुटबल टोली, फाइल तस्विर ।

काठमाडौं । एन्फा महिला लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले कोशी प्रदेशविरुद्ध ५-० को सहज जित निकालेको छ ।

चौथो जितसँगै ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो पराजय ब्यहोरेको कोशी समान खेलबाट १० अंकका साथ चौथो स्थानामा कायम छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान दुई तथा हिमा चौधरीले एक गोल गरे ।

खेलको आठौं मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । दुई मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।

हिमाले २१औं मिनेटमा गोल गर्दा आर्मी ३-० ले अगाडि बढ्यो । ३८औं मिनेटमा अनिताले टोलीका लागि चौथो गोल गरिन् ।

अतिनाले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई सहज जित दिलाइन् । 

मंगलबारै सम्पन्न पहिलो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले संकटा क्लबविरुद्ध ३-० को जित निकाल्यो । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO