काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको दोस्रो संस्करणमा काठमाडौं महानगरपालिकाले विजयी सुरुआत गरेको छ ।
लैनचौर फुटसल मैदानमा मंगलबार उद्घाटन खेलमा काठमाडौं महानगरले आयोजक वडा नं २३ लाई पेनाल्टी सुटआउटमा २-१ ले हरायो ।
निर्धारित समयमा दुवै टोलीबाट ११ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।
पहिलो दिन भएका अन्य खेलमा वडा नं २ र वडा नं ६ ले पनि जित हासिल गरे ।
दोस्रो खेलमा वडा नं ९ ले वडा नं २७ लाई २-० ले पराजित गर्यो । विजयी टोलीका लागि दुवै गोल मिङमा लामा तामाङले गरेका थिए ।
तेस्रो खेलमा वडा नं ६ ले वडा नं ११ लाई ३-२ ले निराश बनायो । वडा ६ का विप्लव लामा, दिपेश श्रेष्ठ र केशव भण्डारी तथा वडा नं ११ का जनक कोइारला र रितेश महतोले गोल गरे ।
यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरेकी थिइन् ।
प्रतियोगिताको विजेतालाई दुई लाख रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । उपविजेताले एक लाख रुपियाँ प्राप्त गर्नेछ ।
यसैगरी सर्वेकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलकिपरले जनही १० हजार रुपैयाँ प्राउने छन् ।