माघ २, २०८१ बुधबार | १०:२६:३८
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

एपिएफको अपराजित यात्रा जारी

संकटाविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै एपिएफका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले अपराजित यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार एपिएफले संकटा क्लबविरुद्ध ३-० को जित निकाल्यो । 

पाँचौं जितसँगै ६ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा कायम छ । तेस्रो हार ब्यहोरेको संकटा समान खेलबाट पाँच अंकका साथ सातौं स्थानमा छ ।

एपिएफलाई जित दिलाउन सरु लिम्बु, अनिता केसी र सविता रानामगरले गोल गरे ।

एपिएफ र संकटा प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

खेलको १३औं मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । सरुले रश्मिकुमारी घिसिङको कट ब्याकलाई वान टचमै पोस्टको दिशा दिइन् ।

अनिताले ५०औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । सरुले उपलब्ध गराएको बललाई अनिताले बक्स भित्र नियन्त्रणमा लिँदै जाली चुमाइन् ।  

सविताले ६४औं मिनेटमा गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । यस पटक पनि सरुले गोलको अवसर सिर्जना गरेकी थिइन् । सरुको पासलाई सविताले संकटाका दुई रक्षकलाई बिट गर्दै पोस्टको दिशा दिइन् ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO