माघ २, २०८१ बुधबार | १०:१०:३०
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

मेसी र रोनाल्डोको नजरमा बालन डी अर जित्न सक्ने सम्भावित तीन खेलाडी

काठमाडौं । फ्रान्स फुटबलले २०२४ को बालन डी अरका लागि ३० खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । गतवर्ष गरेको प्रदर्शनका आधारमा सर्वोत्कृष्ट फुटबल खेलाडीले पाउने पुरस्कार अक्टोबरमा प्रदान गरिने अपेक्षा छ ।

इन्टर मयामीका सुपरस्टार लियोनल मेसी गतवर्षको बालन डी अर विजेता हुन् । गतवर्ष इर्लिङ हालान्ड र किलियन एमबाप्पेलाई पछि पार्दै मेसीले आठौं बालन डी अरका साथ सर्वाधिक पटक जित्ने कीर्तिमान थप फराकिलो पारेका थिए ।

बालन डी अरको इतिहासमा क्रिस्टियानो रोनाल्डो मेसीका निकटतम प्रतिद्वन्द्वी हुन् । उनले पाँच पटक विश्वका सर्वोत्कृष्ट फुटबलरले पाउने गोल्डेन बल पाएका छन् । पछिल्लो पटक उनी सन् २०१८ मा यो उपाधिबाट बिभुषित भएका थिए ।

पछिल्लो डेढ दशकभन्दा लामो समयदेखि बालन डी अरमा मेसी र रोनाल्डोकै बर्चस्व रहँदै आएको छ । सर्वोत्कृष्टताको होडमा मेसी र रोनाल्डोबीच प्रतिस्पर्धा रहँदा पछिल्ला १५ वर्षमा १३ पटक यिनै दुई खेलाडीले बालन डी अर जितेका थिए ।

यसपालीको मनोनयनमा विश्व फुटबल इतिहासले नै पाएका सर्वोत्कृष्ट खेलाडी सुचिको अग्रपंक्तिमा रहेका मेसी र रोनाल्डो दुवैको नाम छैन । लामो समयदेखि विश्व फुटबलमा राज गर्दै आएका दुई सुपरस्टारको अनुपस्थितीमा यसपाली बालन डी अर कस्ले जित्ला त ? रोनाल्डो र मेसी दुवैको विचारमा तीन खेलाडीको सम्भावना बलियो छ ।

किलियन एमबाप्पेः


किशोरावस्थामा फ्रान्सेली घरेलु फुटबलमा उदाएदेखि नै एमबाप्पेलाई भविश्यको बालन डी अर विजेताको रुपमा हेरिएको थियो । २०१६/१७ को सिजनमा उनको प्रभावशाली प्रदर्शनमा एएस मोनाकोले पेरिस सेन्ट जर्मेन (पिएसजी)को बर्चस्व तोड्दै फ्रेन्च लिग वानको उपाधि जितेको थियो ।

एमबाप्पे बालन डी अरको सबभन्दा नजिक पुगेको गतवर्ष हो । गतवर्ष उनी मेसी र हालान्डपछि तेस्रो भएका थिए । मेसी र रोनाल्डो दुवैको विचारमा रियाल मड्रिडका नयाँ खेलाडी एमबाप्पे यसपाली बालन डी अरको सबभन्दा बलियो उम्मेदवार हुन् ।

तथापि एमबाप्पेलाई यसपाली पनि बालन डी अर जित्न सहज भने हुने छैन । किनकी उनकै टिम सहयात्रीहरु ज्युड बेलिङघम र भिनिसियर जुनियर पनि दाबेदारको हैसियतमा मनोनयनमा छन् ।

इर्लिङ हालान्डः 


गतवर्ष म्यानचेस्टर सिटीले ऐतिहासिक रुपमा तेहोरो उपाधि जित्दा हालान्ड प्रिमियर लिग र च्याम्पियन्स लिगमा उच्च गोलकता बन्न सफल भएका थिए । सिटी पुगेको पहिलो वर्ष नै हालान्डले प्रिमियर लिगमा सनसनी मच्चाएका थिए ।

धेरै समर्थक तथा पण्डितहरुको अपेक्षा गतवर्ष त्यो स्तरको प्रदर्शन गर्दा नै नर्वेजियन फरवार्ड हालान्डले बालन डी अर पाउनुपर्ने थियो । तर गतवर्ष हालान्डसँगै फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै लियोनेल मेसीले विश्वको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए ।

वर्तमान विश्व फुटबलकै सबभन्दा क्षमतावान स्ट्राइकर मानिने हालान्ड भविश्यमा थुप्रै पटक बालन डी अरको विजेता हुनेमा मेसी र रोनाल्डो दुवै सहमत छन् । विश्व फुटबलमा दुई भेट्रान सुपरस्टारको विचारमा यसपाली पनि हालान्डको सम्भावना बलियो छ ।

लामिन यमलः


२००७ मा लियोनल मेसीले यमललाई नुहाइदिएको तस्बिर युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका एकसाथ चलिरहँदा तीन महिनाअघि निक्कै चर्चित भयो । बार्सिलोनाको प्रतिष्ठित एकेडेमी ला मासियाका उत्पादन यमलले अब मेसीसँगै खेल्न थालिसकेका छन् ।

जाभी हर्नान्डेजले १५ वर्षको उमेरमा उनलाई बार्सिलोनाको सिनियर टिममा विश्वास गरेपछि यमलको करियरले एकाएक उचाई लियो । यसै वर्ष स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन महत्वपूर्ण योगदान गरेका यमलले युरो २०२४ मा सर्वोत्कृष्ट युवा खेलाडीको पुरस्कार पाएका थिए ।

बालन डी अरका पूर्व विजेताहरुको मतका आधारमा दिइने युवा पुरस्कार ‘कोपा’को उपाधि यसपाली यमलले जित्ने सम्भावना सबभन्दा बलियो छ । तर उनी मुख्य विधाको पनि मनोनयनमा छन् । बालन डी अरमा पछिल्लो दुई दशक दबदबा मच्चाएका मेसी र रोनाल्डोको विचारमा यमल मुख्य विधाको पनि बलियो दाबेदार हुन् । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO