चैत्र १८, २०८२ बुधबार | १०:२०:१९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पिएसजीको लगातार चौथो जित

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार चौथो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले ब्रेष्टलाई ३–१ ले हरायो ।

पिएसजीको जितमा औसमाने डेम्बेलेले दुई गोल गरे । फावियन रुइजले एक गोल थपेका हुन् । ब्रेष्टको लागि रोमाइिन डेल कास्टिलोले एक गोल फर्काए ।

लगातार चौथो जितपछि टोली १२ अंकसहित शीर्षस्थानमा छ । मार्सेली र मोनाको समान १० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । पराजित ब्रेष्ट ३ अंकसहित १२औं स्थानमा छ ।

पार्क डेस प्रिन्सेस मैदानमा अग्रता भने भ्रमणकारी टोली बे्रष्टले बनायो । कास्टिलोले २९औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । डेम्बेलेले ४२औं मिनेटमा मार्काे एसेन्सियोको पासमा गोल गर्दै पहिलो हाफमै टोलीालाई १–१ को बराबरीमा ल्याएका हुन् ।

७३औं मिनेटमा अर्चराफ हाकिमीको पासमा रुइजले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अगाडि बढाए । डेम्बेलेले एक मिनेटपछि नै गोल थप्दै सहज जित दिलाएका हुन् ।

जितपछि पिएसजीका प्रशिक्षक लुइस इन्रिक्वेले संघर्षपूर्ण जित भएको प्रतिक्रिया दिए । ‘हामीले तीन अंकको लागि निकै संघर्ष गर्नुपर्याे,’ स्पेनिस प्रशिक्षकले भने, ‘हामीले धेरै अवसर पाएका थियौं । तर, फिनिसिङमै समस्या भयो ।’

पिएसजीले युरोपियन च्याम्पियन्स लिगमा यसै साता स्पेनिस टोली जिरोनाको सामना गर्दैछ ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो