चैत्र १८, २०८२ बुधबार | ०९:३८:५०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित

काठमाडौं । स्टार खेलाडी केलियन एम्बाप्पे र भिनिसियस जुनियरको पेनाल्टी गोलमा साविक विजेता रियाल मड्रिडले ला लिगामा रियाल सोसिडाडलाई २–० ले हराएको छ ।

सोसिडाडको घरमा शनिबार राति गोलको लागि मड्रिडले संघर्ष गर्नुपरेको थियो । दुबै गोल दोस्रो हाफमा भएका थिए । जितपछि पनि प्रशिक्षक कार्लाे एन्सोलोटी खुसी भएनन् । उनले जितको लागि टोली योग्य नभएको प्रतिक्रिया दिए ।  

तेस्रो जितपछि पनि रियाल ला लिगाको दोस्रो स्थानमा छ । पाँच खेलबाट टोलीको ११ अंक छ । ४ खेलमा चारै खेल जितेको बार्सिलोना १२ अंकसहित शीर्षस्थानमा छ । पराजित सोसिडाड पाँच खेलबाट ४ अंकसहित १६औं स्थानमा रह्यो ।

सोसिडाडको रियाल एरिनामा ३७ हजार समर्थकमाझ भिनिसियसले ५८औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । ७५औं मिनेटमा पाएको अर्काे पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेका थिए । 
जितपछि रियालका प्रशिक्षक एन्सोलोटीले भने, ‘सोसिडाडले निकै राम्रो खेल्यो । तीन अंकको लागि हामी योग्य थिएनांै ।’

साविक विजेता रियालले अब यसै साता च्याम्पियन्स लिगमा जर्मन बुन्डेसलिगाको स्टुटगार्डसँग खेल्दैछ । त्यसका लागि टोलीले अझै मेहनत गर्नुपर्ने एन्सोलोटीको बताएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो