आश्विन ३, २०८१ बिहीबार | ०६:४३:१९
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

एन्फा महिला लिगः सुदूरपश्चिमविरुद्ध आर्मीको गाेलकाे वर्षा

सुदूरपश्चिमविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित दीपा शाही, तस्विर एन्फा ।

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा मंगलबार सुदूरपश्चिम प्रदेशविरुद्ध १४-१ को फराकिलो जित निकालेको छ ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको आर्मी चौथो स्थानमा उक्लिएको छ । यसअघि वालिङ नगरपालिकालाई ४-० ले हराएको आर्मी विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबसँग २-१ ले पराजित भएको थियो ।

यता सुदूरपश्चिम लगातार तेस्रो खेलमा फराकिलो हार ब्यहोरेको सुदूरपश्चिम सामा खेलबाट विना अंक पुछारमा छ । यसअघि सुदूरपश्चिमले बागमती युथ क्लबसँग ५-१ र विभागीय टोली नेपाल पुलिस क्लबसँग ९-० को हार ब्यहोरेको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन दीपा शाहीले पाँच, अनिता लम्जेलले दुई तथा विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला विक र सावित्रीदेवी मगरले समान एक गोल गरे । दुवै टोलीले समान एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त गरेका थिए । 

खेलको छैटौं मिनेटमा विमला चौधीरीको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । १५औं मिनेटमा हिमाले टोलीको अग्रता दोब्बर बनाइन् ।

सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गर्दै आर्मीकी विमला चौधरी, तस्विर एन्फा । 

६ मिनेटपछि शान्ति विकबाट आत्मघाती गोल हुन पुग्दा आर्मी ३-० ले अगाडि बढ्यो । दीपाले २४औं मिनेटमा टोलीका लागि चौथो गोल गरिन् । एक मिनेटपछि नै चन्द्राले गोल थपिन् ।

दीपाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरिन् । ४५औं मिनेटमा सन्जुले गोल गर्दा आर्मीको अग्रता ७-० काे भयाे ।

इन्जुरी समयमा दीपाले ह्याट्रिक पूरा गर्दा आर्मीले पहिलो हाफमै ८-० को फराकिलो अग्रता लिइसकेको थियो ।

दोस्रो हाफमा पनि आर्मीले गोलको सिलसिला कायम राख्यो । टोलीले दोस्रो हाफमा ६ गोल थपेको थियो ।

दीपाल ५३ र ६१औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता १०-० को बनाइन् । ६३औं मिनेटमा विमला विकले टोलीका लागि ११औं गोल गरिन् ।

आर्मीकी निलम सिंहबाट ६७औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा खेल ११-१ को स्थितीमा पुग्यो । अनिताले खेलको ८१औं मिनेटमा  गोल गर्दा आर्मीले १२-१ को अग्रता बनायो । 

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सावित्रीले आर्मीका लागि १३औं गोल गरिन् । इन्जुरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई १४-१ को एकतर्फी जित दिलाइन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024