काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ९००औं गोल पुरा गरेको खेमला पोचुगलले क्रोएसियाविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
बिहीबार लिस्बोनस्थित डा लुज रंगशालामा युइएफए नेसन्स लिगअन्तर्गतको खेलमा डिययो डालोटको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो ।
रोनाल्डोले ३४औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । यो रोनाल्डोको १३१ औं अन्तर्राष्ट्रिय तथा ९००औं करियर गोल थियो ।
यससँगै रोनाल्डो ९०० गोल पूरा गर्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।
डालोटबाट ४१औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा क्रोएसियाले खेलमा फर्किने संकेत दिएको थियो । तर त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगल २-१ ले विजयी भयो ।
सुखद सुरुआत गरेको पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ । यही समूहको अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३-२ ले पराजित गर्यो ।
यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा स्पेन सर्बियासँग गोलरहित बराबरीमा रोकिएको छ ।