माघ २, २०८१ बुधबार | ११:३२:०२
ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल

अन्तर्राष्ट्रिय फुटबलबाट स्वारेजको संन्यास घोषणा

काठमाडौं । उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । सोमबार राति ३७ वर्षीय खेलाडीले १७ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा अन्त्य गर्ने निर्णय गरे ।

उनले देशबाट १४२ खेल खेल्दा ६९ गोल गरेका छन् । सन् २००७ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । सन् २०१० मा भएको कोपा अमेरिका जितेका थिए । त्यस्तै अन्तिम पटक पनि गत कोपा अमेरिका नै खेलेका हुन् ।

स्वारेजकै गोलमा तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई हराएको थियो ।

‘शुक्रबार मेरो अन्तिम खेल हुनेछ,’ स्वारेजले भने, ‘मेरोलागि यही समय उपयुक्त लाग्यो । म अझै खेल्न चाहन्थे । तर, चोटका कारण त्यो सम्भव हुँदैन ।’

शुक्रबार मोन्टेभिडियोमा उरुग्वेले पाराग्वेको सामना गर्दैछ । यो खेल सन् २०२६ फिफा विश्वकप छनोटअन्तर्गतको हो । त्यसको चार दिनपछि उरुग्वेले भेनेजुएलासँग खेल्ने तालिका छ ।

हाल स्वारेज अमेरिकी क्लब इन्टर मियामीमा छन् । उनले त्यहाँ दुई वर्षको सम्झौता गरेका छन् । जहाँ बार्सिलोनाका सहकर्मी लियोनल मेसी, जोर्डी अल्वा र सर्जियो बुस्क्वेट छन् । 


 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO