माघ २, २०८१ बुधबार | ११:२३:१४
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

अस्मिताको ह्याट्रिकमा बागमतीको सहज जित

सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गर्दै अस्मिता खवास (सेतो जर्सी), तस्विरः एन्फा।

काठमाडौं । बागमती युवा क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिगमा सानदार सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बागमतीले सुदूरपश्चिम प्रदेशविरुद्ध ५-१ को जित दर्ता गर्यो ।

बागमतीलाई जित दिलाउन अस्मिता खवासले ह्याट्रिक पूरा गर्दा सहारा लिम्बु र आरती भुजेलले समान एक गोल थपे । तुल्सा बोहराले गरेको गोल सुदूरपश्चिमका लागि सान्त्वना बन्यो।

खेलको १७औं मिनेटमा अस्मिताको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । नौ मिनेटपछि सहाराले टोलीको अग्रता दोब्बर बनाइन् ।

बागमती र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 
 

आरतीले ३७औं मिनेटमा बागमतीका लागि तेस्रो गोल गरिन् । ८०औं मिनेटमा अस्मिताले व्यक्तिगत दोस्रो गोल गर्दा बागमती ४-० ले अगाडि बढ्यो ।

दुई मिनेटपछि नै अस्मिताले ह्याट्रिक पूरा गरिन् । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो ।

अन्तिम समयमा तुल्साले गरेको गोल सुदूरपश्चिमका लागि सान्त्वना साबित भयो ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO